मधेश प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

जनकपुर - मधेश प्रदेशमा शुक्रबार सार्वजनिक बिदा दिइएको छ ।
मुस्लिम धर्मावलम्बीहरुले मनाउने मोहम्मद जयन्तीको अवरसमा मधेश प्रदेश सरकारले प्रदेशभरी बिदा दिएको छ ।
मधेश प्रदेश सरकार अन्तर्गतको गृह सञ्चार तथा कानुन मन्त्रालयका प्रदेश सचिव विमल प्रसाद बरालले एक सुचना जारी गर्दै भोलि मधेश प्रदेश भरी सार्वजनिक बिदा रहेको जानकारी दिएका छन् ।
२०८१ चैत्र २२ गत्तेको मधेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप बिदा बमोजिम शुक्रबार बिदा दिइएको सूचनामा उल्लेख रहेको छ । प्रदेश सरकार गठन भएदेखि मोहम्मद जयन्तीको दिन मधेश प्रदेशमा बिदा दिँइदै आइएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२ १६:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय