Harsamaya
कञ्चनपुरमा नदीमा बगेर एक जना बेपत्ता
सांकेतिक तस्वीर: हर समय/Har Samaya

कञ्चनपुर - बेदकोट नगरपालिकास्थित बल्मा नदीमा बगेर एक जना बेपत्ता भएका छन् ।

कञ्चनपुरको बेदकोट नगरपालिका–१० का २० वर्षीय बलिभद्र राना बल्मा नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बाहेराले जानकारी दिए । 

प्रहरीका अनुसार आज दिउँसो उक्त नदीको साइफनमा हाम फालेपछि राना बेपत्ता भएका हुन् । “बेपत्ता रानाको खोजीकार्यमा जिल्ला प्रहरी कार्यालयबाट १२ जना प्रहरी खटिएको छ”, उनले भने, “विपद् व्यवस्थापन महेन्द्रनगर गुल्मबाट समेत छ जना प्रहरीको टोली खोजीकार्यमा खटिएको छ ।” 

कञ्चनपुरमा आइतबार रातिदेखिको अविरल वर्षाका कारण यहाँका नदीमा पानीको सतह बढेको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update