गोरखामा रात्रिबस दुर्घटना : २१ जना घाइते

काठमाडौं - काठमाडौंबाट गोरखाको माछिखोलाका लागि छुटेको रात्रिबस दुर्घटना भएको छ ।
मंगलबार बिहान गण्डकी प्रदेश ००६ ख ४१३१ नम्बरको बस भीमसेनथापा गाउँपालिका-३ स्थित तान्द्राङमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, गोरखाका डिएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिएका छन् ।
उनका अनुसार बसमा सवार २२ जनामध्य २१ जना घाइते भएका छन्। केही घाइतेहरुको अवस्था गम्भिर छ भने दुई जना घाइतेलाई काठमाडौं रिफर गर्ने तयारी भईरहेको पनि उनले जानकारी दिएका छन् ।
बस ब्रेक फेलका कारण अनियन्त्रित भएर रोडभन्दा ४ मिटर तल खसेको पनि उनले जानकारी दिएका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२ ०७:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय