Harsamaya
पहिरोले अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुल्यो
थाक्रे गाउँपालिका–७ स्थित सातकिल्लामा पहिरोले अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुलेको छ ।

काठमाडौं - धादिङको थाक्रे गाउँपालिका–७ स्थित सातकिल्लामा पहिरोले अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुलेको छ ।

बुधवार राति खसेको लेदोसहितको पहिरोका कारण अवरुद्ध सडक पहिरो हटाएर सडक खुलाइएको राजमार्ग खुलाइएको हो ।

यसअघि पहिरोले सडक बन्द भएपछि काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेका सवारी साधन खानीखोलामा रोकिएका थिए । तर अहिले पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सञ्चालन भएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  ०८:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update