Harsamaya
सुनको मूल्य आज हालसम्मकै उच्च

काठमाडौं - नेपाली बजारमा आज  सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर उच्च रेकर्ड कायम गरेको हो ।

मङ्गलवार प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । मंगलबार २३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी  आज प्रतितोला १५ रुपैयाँ घटेर २३ सय ४५ रुपैयाँमा कारोबार भैइरहेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update