वैकल्पिक वित्तसम्बन्धी कानुन बन्दै, ५० अर्ब पुँजीको कोष बनाउने प्रस्ताव
सोमबार, पुस २२, २०८१
सरकारले वैकल्पिक वित्त परिचालनसम्बन्धी कानुन निर्माण प्रक्रिया थालेको छ । परम्परागत लगानीका स्रोतका अतिरिक्त वैकल्पिक स्रोतहरुको पहिचान र उपयोग गर्ने उद्देश्यका साथ ‘वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ को मस्यौदा बनिरहेको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले अहिले विधेयक मन्त्रालयमा छलफलका क्रममा रहेको र के कस्ता व्यवस्था राखेर मन्त्रिपरिषद्मा पठाउने भन्ने टुङ्गो अझै नलागेको बताए । “विधेयकको मस्यौदा निर्माणको क्रममा छ, सरोकारवालासँगको छलफल चलिरहेको छ । मन्त्रिपरिषद्मा कस्तो मस्यौदा जाने भने टुङ्गो लागिसकेको छैन”, उनले भने ।
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
आइतबार, पुस २१, २०८१
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
केन्द्रीय बैंकले तोकेको विनिमयदरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ०२ पैसा र...
संकटग्रस्त सहकारी संस्थाहरूको समस्या समाधान गर्न व्यवस्थापन समिति गठन गर्ने कोशी सरकारको निर्णय
बिहीबार, पुस १८, २०८१
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङ्गामले संकटग्रस्त सहकारी संस्थाहरूको समस्या समाधान गर्न व्यवस्थापन समिति गठन गर्ने निर्णय भएको बताएका छन् ।
उद्योग, कृषि तथा सहकारी मन्त्रालयको कार्यभार सम्हालेको १ सय दिनको उपलब्धि सार्वजनिक गर्न बिहीबार विराटनगरस्थित मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री हाङ्गामले कृषि कर्जामा...
साताको लोकप्रिय

