बालबालिकाले बनाएका चित्रकला प्रदर्शनी
सोमबार, माघ ७, २०८१
नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा गत पुस २१ देखि २५ गतेसम्म माध्यमिक विद्यालयस्तरीय धुम्रपान मद्यपानलगायत लागुऔषध प्रयोग निवारणसम्बन्धी पाँचदिने चित्रकला तालिम सञ्चालन गरिएको थियो । सो चित्रकला तालिममा बनाइएका चित्रहरुको आइतबारदेखि मङ्गलबजारमा प्रदर्शनी गरिएको हो ।
एउटा स्कूल जहाँ दिवा खाजाका लागि विद्यालयको कौसीमा फलाइन्छ तरकारी
शनिबार, माघ ५, २०८१
तित्याङ्का विद्यार्थीले गमलामा तरकारीखेती गरेको जानकारी पाएपछि सामाजिक क्षेत्रमा सक्रिय रहेको संस्थाले सिवाइसीले शिक्षक विद्यार्थीसँग छलफल गरेपछि कक्षा ६ देखि १० सम्मका १६ जना विद्यार्थीलाई समेटेर ‘थ्री जिरो क्लब’ गठन गरेको थियो ।
जाडो छल्न १२० विद्यार्थीलाई न्यानो कपडा वितरण
शनिबार, माघ ५, २०८१
मोरङको पथरी-शनिश्चरे वडा नम्बर १० मा रहेको जालपादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ।
कक्षा १ देखि ८ कक्षासम्मका १२० विद्यार्थीलाई शुक्रबार एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको हो।
दुई सय बढी बालबालिका विद्यालय जान छाडे
शनिबार, माघ ५, २०८१
महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ४ को मझौरा गाउँका दुई सय बढी बालबालिका विगत दुई महिनादेखि विद्यालय गएका छैनन् ।
मझौरा गाउँ प्रवेश गरेसँगै दाहिनेतर्फ ७५ घर मुसहर समुदायका छन् । यहाँका २०० बढी बालबालिका गत मङ्सिर महिना सुरू भएदेखि नै विद्यालय जान छाडेका छन् ।
पर्वत कारागारमा आमासँगै बालिका थुनामा
मंगलबार, माघ १, २०८१
एनीको हेरचाह गर्ने कोही नभएका कारण आफूले सँगै राख्दै आएको आमा २७ वर्षीया रोशनीले बताइन् । रोशनीसँगै रेखा नेपाली र सिरिसा परियार पनि अवैध लागुऔषध बेचबिखन तथा ओसारपसार मुद्दामा गिरफ्तार भई गत असोज ७ गते पुर्पक्षका लागि जेल चलान भएका थिए ।
साताको लोकप्रिय

