Harsamaya
हर समय
हर समय
कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकः जेठ ६ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने निर्णय
कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकः जेठ ६ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने निर्णय त्यस्तै, सङ्घीय सरकारबाट सरुवा भई आउनुभएका सहसचिव रामकृष्ण अधिकारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा पदस्थापन गर्ने र ‘आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन, २०८३’ लाई कानुन, न्याय प्रदेश मामिला समितिमा पठाउने निर्णय भएको सरकारका प्रवक्ता पराजुलीले जानकारी दिए।
त्रिविको उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई
त्रिविको उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले आज गरेको निर्णयानुसार त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा दैनिक कार्य सञ्चालन गर्न इन्जिनियरिङ अध्ययन संस्थानको डीनको समेत कार्य गर्नेगरी उहाँलाई उपकुलपतिको जिम्मेवारी तोकिएको हो ।
राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्णययार्थ रूपमा प्रस्ताव प्रस्तुत गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मतदानमा भाग नलिने जनाएको थियो भने अन्य दलका सदस्यको ध्वनि मतबाट नीति तथा कार्यक्रम पारित भएको हो ।
प्रश्नबाट भाग्ने प्रवृत्ति लोकतन्त्रको शुभ संकेत होइन : सचेतक राई (भिडियोसहित)
प्रश्नबाट भाग्ने प्रवृत्ति लोकतन्त्रको शुभ संकेत होइन : सचेतक राई (भिडियोसहित) नेपाली कांग्रेसका सचेतक निस्कल राईले देशको कार्यकारी प्रमुखले सदनजस्तो गरिमामय संस्थालाई बेवास्ता गर्नु दुःखद मात्र नभइ संसदीय अभ्यासप्रतिको उदासीनता भएको बताएका छन् ।
सरकारको नीति कार्यक्रममा समाजवाद उन्मुख अर्थतन्त्रको अभावः सांसद दुलाल (भिडियोसहित)
सरकारको नीति कार्यक्रममा समाजवाद उन्मुख अर्थतन्त्रको अभावः सांसद दुलाल (भिडियोसहित) बिहीबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद दुलालले राजनीतिक र वैचारिक दिशानिर्देश स्पष्ट नभए नीति तथा कार्यक्रम अन्योलमा पर्ने टिप्पणी गरे ।
लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई ‘सीमा विवाद’ होइन, ‘अतिक्रमित भूमि’ भनियोस् : गणेश ठगुन्ना (भिडियोसहित)
लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई ‘सीमा विवाद’ होइन, ‘अतिक्रमित भूमि’ भनियोस् : गणेश ठगुन्ना (भिडियोसहित) बिहीबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले विश्वका प्रत्येक देशको प्रमुख नीति राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा हुनु पर्ने बताए ।
नीति तथा कार्यक्रम पुरानै निरन्तरता मात्र भएको रामकुमारी झाँक्रीको टिप्पणी (भिडियोसहित)
नीति तथा कार्यक्रम पुरानै निरन्तरता मात्र भएको रामकुमारी झाँक्रीको टिप्पणी (भिडियोसहित) बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले हाल प्रस्तुत नीति तथा कार्यक्रममा केही बुँदा घटाएर पुरानै कार्यक्रमलाई दोहोर्याइएको भन्दै धेरै टिप्पणी गर्नुपर्ने विषय नरहेको बताइन् ।
मारवाडी समुदायमाथि भइरहेको अन्यायले स्वदेशी पूँजी निरुत्साहितः महन्थ ठाकुर
मारवाडी समुदायमाथि भइरहेको अन्यायले स्वदेशी पूँजी निरुत्साहितः महन्थ ठाकुर लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष एवं राष्ट्रियसभा सदस्य महन्थ ठाकुरले मारवाडी समुदायमाथि अन्याय भइरहेको भन्दै स्वदेशी पूँजीलाई नै निरुत्साहित गरिएको बताएका छन् ।
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सावर्जनिक
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सावर्जनिक वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपतर्फको औसत ब्याजदर वैशाखमा ४.४ प्रतिशत रहेकोमा जेठ महिनाका लागि घटेर ४.३४३ प्रतिशत कायम भएको छ । त्यसैगरी, संस्थागत निक्षेपतर्फको औसत ब्याजदर पनि ३.२२९५ प्रतिशतबाट घटेर ३.२०४ प्रतिशतमा पुगेको छ ।
सर्लाहीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु
सर्लाहीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु गए राति करिब ११:१५ बजेको समयमा गाईघाटबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ९६७० नम्बरको बसले पैदल हिँडिरहेका अन्दाजी ३५ वर्षका पुरुषलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
सार्वजनिक पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन आयोगको आग्रह
सार्वजनिक पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन आयोगको आग्रह आयोगका अनुसार नेपाल सरकारले पहिलो चरणमा आर्थिक वर्ष २०६२/६३ देखि आर्थिक वर्ष २०८२/८३ सम्म सार्वजनिक पदमा रहेका वा उक्त अवधिमा कार्यरत रही हाल अवकाश प्राप्त भएका राजनीतिक पदाधिकारी, कर्मचारी तथा उनीहरूका परिवारको सम्पत्ति छानबिन प्रक्रिया अघि बढाएको छ ।
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ क्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-३ बस्ने झापा दमक नगरपालिका-२ घर भएका ३७ वर्षीय सागर गौतम, काठमाडौं टोखा नगरपालिका-१ बस्ने दाङ घोराही उपमहानगरपालिका-१० घर भएका ३२ वर्षीय शम्भु गौतम र काठमाडौं महानगरपालिका-२९ बस्ने ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-४ घर भएका ३७ वर्षीय सनम गुरुङ रहेका छन् ।
Weather Update