"लाज शरणम्" को बहुप्रतीक्षित गीत 'हेर्दा हेर्दैमा' भोलि सार्वजनिक हुँदै
बुधबार, माघ २३, २०८१
नवीन श्रेष्ठको निर्माणमा बनेको यो फिल्ममा राम नरेश शाह र सृजना खड्का सह-निर्माताका रूपमा छन् भने अर्जुन घिमिरे 'पाँडे' कार्यकारी निर्माता रहेका छन्।'हेर्दा हेर्दैमा'को गीतमा संगीत कृष्ण भारद्वाजले दिएका छन् भने स्वर आशिष अविरल र शान्तिश्री परियारले दिएका छन् ।
सुस्तावासीलाई एक वर्ष निःशुल्क बिजुली
बुधबार, माघ २३, २०८१
सुस्ता बचाउ अभियानले बुधबार बुझाएको ज्ञापनपत्र बुझ्दै ऊर्जामन्त्री खड्काले सुस्तावासीसँग गरिएको प्रतिबद्धता पूरा गर्न मन्त्रालय लागिपरेको बताए । ‘सुस्तावासीलाई एक वर्षका लागि निःशुल्क विद्युत् उपलब्ध गराउनेबारे विद्युत् प्राधिकरणको बोर्डमा छलफल भइसकेको छ, अब चाँडो कार्यान्वयनको चरणमा जान्छ,’ ऊर्जामन्त्री खड्काले भने।
शेखर कोइराला र म १५औं महाधिवेशनसम्म एउटै समूहमा रहन्छौं - महामन्त्री थापा
बुधबार, माघ २३, २०८१
'पार्टीभित्र हामीकहाँ समूह बन्ने कुरा स्वभाविक भए। महामन्त्रीको रुपमा मैले सबैको हुने कोशिस गर्नुपर्छ। जब समूहको कुरा आउँछ १५औं महाधिवेशनसम्म शेखर कोइराला र म एकै ठाउँमा छौँ,' उनले भने, 'म चाहिँ त्यहीँ छु। म जहाँछु शेखर कोइराला डाक्टरसाप पनि हुनुहुन्छ भन्ठान्छु रहने कि नरहने भन्ने कुरा आ-आफ्नो व्यक्तिगत छनोटको कुराहरू...
खड्का गाउँमा दुई वटा चितुवा मृत भेटिए
बुधबार, माघ २३, २०८१
पालुङटार नगरपालिका–१० स्थित माथिल्लो खड्का गाउँमा दुई वटा चितुवा मृत फेला परेका छन् । बारीमा भेटिएका चितुवा अन्दाजी दुई वर्षको पोथी र बच्चा भएको डिभिजन वन कार्यालयका प्रमुख मदनमोहन शालिण्यले जानकारी दिए ।
वेस्ट बैंकमा पाँच हजार प्यालेस्टिनी विस्थापित
बुधबार, माघ २३, २०८१
प्यालेस्टाइनी प्रधानमन्त्री मोहम्मद मुस्तफाको नेतृत्वमा मध्य वेस्ट बैंकको रमल्लाहमा भएको बैठकमा विभिन्न मन्त्रालय र सरकारी निकायका प्रतिनिधिहरू सहभागी थिए ।
नाइजेरियामा १७ बालबालिकाको जलेर मृत्यु
बुधबार, माघ २३, २०८१
मङ्गलबार राति भएको आगलागी विद्यालय परिसरमा राखिएको लट्ठीको थुप्रोबाट अज्ञात व्यक्तिले आगो लगाएर आगलागी भएको बताइएको छ । सो घटनाको छानबिन भइरहेको छ ।
नगरपालिकाले किसानको महशुल नबुझाउँदा विद्युत लाइन काटियो
बुधबार, माघ २३, २०८१
सिंचाई मिटरको लाईन काटिँदा वडा नं। ८ का सयौं किसान मर्कामा परेका छन्। ‘किसानले लगाएको गहुँमा सिंचाई गर्नु पर्ने समयमा विद्युतको लाईन काटियो। अहिले सिंचाइँ गर्न समस्या भईरहेको छ’, स्थानीय किसान योगेश सिंहले भने,‘नगरपालिकाले विद्युतको महशुल तिर्न सक्दैन भने जिम्मा लिनु हुन्न थियो। विनाकारण किसानले दुःख पाईरहेका छन्।’
गोरखामा वृद्धाभत्ता बुझेर फर्किने बेला भिरबाट लडेर मृत्यु
बुधबार, माघ २३, २०८१
काप्रीको शव बाटोदेखि झण्डै दुई सय ५० मिटर तल खसेको अवस्था भेटिएको निरीक्षक गिरीले बताए । “वृद्धाभत्ता बुझेर घर नर्फिएपछि प्रहरीको टोली र आफन्तले सोही दिनदेखि खोजी गरेका थियौँ । आज बिहान करिब ७ बजे उहाँको शव फेला परेको हो”, उनले भने ।
हेलिकप्टरमार्फत रुकुम पश्चिमकी सुत्केरीको उद्धार
बुधबार, माघ २३, २०८१
उनका अनुसार सीताको गत सोमबार जिल्ला अस्पतालमा शल्यक्रिया गरी सुत्केरी गराइएको थियो। बच्चा जन्माउन नसकेपछि शल्यक्रिया गरिएकामा शिशु भने मृत फेला परेको थियो। उनलाई थप उपचारको आवश्यकता भएपछि जिल्ला प्रशासनसँगको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।
दुवै सदनबाट अध्यादेश पारित हुने सत्तापक्षको विश्वास
बुधबार, माघ २३, २०८१
अधिवेशनको पहिलो दिन यही माघ १८ गते सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश–२०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश–२०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन...
हुन्डी कारोबार गरेको आरोपमा एक पक्राउ
बुधबार, माघ २३, २०८१
लम्सालका अनुसार साहबाट बरामद भएको रकमको स्रोत खुलेको छैन। स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेकाले प्रहरीले संलग्नलाई कानुनी दायरामा ल्याउने गरेको छ।
बेलायतका अधिराजकुमारी सोफीद्वारा कीर्तिपुर आँखा अस्पताल अवलोकन
बुधबार, माघ २३, २०८१
सो अवसरमा संघका महासचिव भरतबहादुर चन्द, कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्र, कीर्तिपुर आँखा अस्पताल व्यवस्था समितिका अध्यक्ष प्रा डा सविना श्रेष्ठ र मेडिकल निर्देशक डा एरिक वैद्यले अस्पतालका सेवाका बारेमा अधिराजकुमारी सोफीलाई जानकारी गराएका थिए ।
मोहन वैद्यको पार्टीका नेता-कार्यकर्ता माओवादी प्रवेश
बुधबार, माघ २३, २०८१
नवप्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले क्रान्तिकारीहरू ध्रुवीकरण हुँदै जानु सकारात्मक भएको बताए। उनले अहिले देशव्यापी रुपमा माओवादी प्रवेशको लहर चलेको उल्लेख गर्दै क्रान्तिकारी शक्तिहरूबीच ध्रुवीकरण हुँदै जाने बताए।
साताको लोकप्रिय

