दुर्गा प्रसाई थप ४ दिन हिरासतमा रहने
आइतबार, जेठ ४, २०८२
चैत १५ गते तीनकुनेमा भएको राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका प्रसाईंलाई आइतबार प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित
आइतबार, जेठ ४, २०८२
प्रतिनिधि सभामा सांसदहरूले उठाएको विषयको जवाफ दिँदैं शिक्षामन्त्री रघुजी पन्तले अव कैलाली र कञ्चनपुर विश्वविद्यालयले शिक्षाको एउटा महत्वपूर्ण केन्द्र बन्ने बताए ।
सुनकोशी गाउँपालिकाले भन्यो: ठोकर्पाको स्वास्थ्य चौकी भवनको उद्घाटन पूर्व स्वास्थ्य मन्त्री बस्नेतबाट नगर्नू
आइतबार, जेठ ४, २०८२
गाउँपालिका अध्यक्ष टपिन्द्र तिमल्सिनाले आइतबार एक विज्ञप्ति जारी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दाका अभियुक्त रहेका बस्नेतबाट भवनको उद्घाटन गर्ने तयारीको प्रचार प्रसार भइरहेको पाइएको भन्दै आपत्ति जनाएका हुन् ।
एक घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा काठमाडौंको पानीपोखरी क्षेत्रमा
आइतबार, जेठ ४, २०८२
एक घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा काठमाडौंको पानीपोखरी क्षेत्रमा रेकर्ड भएको छ । पानीपोखरीमा ३५.४ मिलिमिटर वर्षा भएको छ ।
बागमती नगरपालिकाका तत्कालीन मेयरसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर, ५६ करोड ७१ लाख भ्रष्टाचारको आरोप
आइतबार, जेठ ४, २०८२
अख्तियारले मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री विजय यादव, तत्कालीन उपप्रमुख लिला कुमारी मोक्तान, प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, योजना प्रमुख इन्जिनियर निरञ्जन लामिछाने , सागर पौडेल, लेखा अधिकृत विश्वास पोखरेल र मधेश प्रदेश सरकारका तत्कालीन कानुन अधिकृत गोकुल भुजेलविरुद्ध सरकारी सम्पत्ति दुरुपयोग गराइ भ्रष्टाचार गराएको कसुरमा मुद्दा दायर गरेको हो...
जुम्लामा चट्याङ लागेर २१ वटा भेडाबाख्रा मरे
आइतबार, जेठ ४, २०८२
पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जिल्लाकै सबैभन्दा बढी भेडापालन हुने ठाउँ गुठिचौरको पूर्वी क्षेत्र हो । पाटन र खर्कमा व्यवस्थित भेडीगोठ नहुँदा हरेक वर्ष चट्याङबाट भेडाबाख्रामा ठूलो क्षति हुने गरेको कार्यालयले जनाएको छ ।
नदी किनारका बासिन्दा आकाश हेरेर डराउन थाले, सरकार चुपचाप छ : चौधरी (भिडियोसहित)
आइतबार, जेठ ४, २०८२
उनले जिम्मेवारी निकायको उपस्थित नभएको भन्दै सरकार बारम्बार बाढीपछिको उद्धारको कुरा गर्ने तर बाढी पूर्वको तयारी किन गर्दैनौ भन्दै प्रश्न उठाइन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको छानबिन गर्न गठित उपसमिति संयोजकमा मञ्जु खाँण
आइतबार, जेठ ४, २०८२
यसअघि उक्त उपसमितिको संयोजक एमालेका सांसद योगेश भट्टराई नेतृत्वको उपसमितिले रुपन्देहीको भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार र अनियमिततामाथि छानबिन नै नगरी प्रारम्भिक प्रतिवेदन तयार पारेपछि प्रश्न उठेको थियो । उपसमिति संयोजकका रूपमा आफूमाथि प्रश्न उठेपछि भट्टराईले आफू उक्त जिम्मेवारीमा नबस्ने घोषणा गरेका थिए ।
क्यान विभाजनसम्बन्धी दुई विधेयक समितिमा पठाइयो
आइतबार, जेठ ४, २०८२
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ध्वनि मतका आधारमा प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको घोषणा गरे । अब यी विधेयकहरू प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति मा दफावार छलफल हुनेछन् । समितिबाट छलफलपछि प्रतिवेदनसहित पुनः प्रतिनिधि सभामा प्रस्तुत गरिनेछ ।
कर्णालीका विषयमा सरकार मजाक गरिरहेको छ : सांसद कठायत
आइतबार, जेठ ४, २०८२
उनले सरकार कर्णाली जनतासँग मजाक गरिरहेको भन्दै विकासका नाममा पूरा नै गुणगान गाइरहेको पनि बताइन् । ६० को दशकमा बनेको सुर्खेत–जुम्ला कोरिडोर, ३० को दशकमा बनेको विमानस्थल र डा.बाबुराम भट्टराई नेतृत्वको सरकारले बनाएको कर्णाली स्वास्थ्य प्रतिष्ठानको गुणगान गाएर बस्दा जिम्मेवारी पूरा नहुने उनको जिकिर छ।
वाणिज्य विभागले गरिरहेको अनुगमनप्रति निजी विद्यालयहरूको आपत्ति, अनुगमन राेक्ने मन्त्रीकाे प्रतिबद्धता
आइतबार, जेठ ४, २०८२
गुणस्तरीय शिक्षामा निरन्तर लागि परिरहेका निजी विद्यालयहरूमा राज्य संयन्त्रबाट अनुगमनको नाममा डर देखाउने, मानसिक दबाब सिर्जना गर्ने र विद्यालयहरूको शैक्षिक स्वतन्त्रतालाई ह्रास गर्ने कार्य गरिरहेको उनीहरूले बताएका छन् ।
अध्यक्ष केसीलाई पक्राउ गरेर सरकारले संविधानको ठाडो उल्लङ्घन गर्यो : सांसद शाही
आइतबार, जेठ ४, २०८२
प्रधानमन्त्रीले नै पटक –पटक रोष्टममा नै फरक मत राख्नेहरू लाई पक्राउ गर्छु भन्ने धारणा राखेको भन्दै प्रधानमन्त्री,गृहमन्त्री र यो सरकार नेपालको संविधानभन्दा पनि ठुलो हो ? भन्दै प्रश्न गरे । यदि संविधानभन्दा सरकार ठुलो हो भने बहुमतको आधारमा संविधानको धारा १७ संशोधन गर्न सुझाव दिए ।
सगरमाथा संवाद आज समापन हुँदै
आइतबार, जेठ ४, २०८२
‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने मुख्य विषयमा सुरु भएको सगरमाथा संवाद आज(आइतबार) समापन हुँदैछ ।
साताको लोकप्रिय

