जो क्यामेरा भाडामा लिएर गायब पार्छन्
मंगलबार, जेठ ६, २०८२
गत फागुन २ गते केही साताका लागि भनेर काठमाडौंको थापागाउँस्थित फिल्मक्रिउ नेपालबाट एफएक्सथ्री एक थान क्यामेरा, २४/७० को लेन्स साथै सोनी ब्राण्डको ७०/२०० एमएमको लेन्सलगायतका करिब १२ लाख बराबरको उपकरणहरु भाडामा लिएर फिर्ता नगरेको फिल्मक्रियू नेपालका संचालक विष्णु कल्पित घिमिरेले जानकारी दिए ।
केदार क्षेत्रीको प्नश्न - अग्नि सापकोटा सभामुख भएकै समयमा सर्वोच्चमा मुद्दा पर्दा नैतिकता कहाँ थियो ?
मंगलबार, जेठ ६, २०८२
तत्कालीन सभामुख हुँदा सापकोटाविरुद्ध सर्वोच्चमा हत्या आरोपमा हुद्दा दायर भएको थियो । क्षेत्रीले कानुन बनाउने सर्वोच्च पदमा रहँदा सर्वोच्चमा मुद्दा पर्दा पदमा बसिरहने अहिले नैतिकताको पाठ उहाँका कार्यकर्ताले अरूलाई पढाउने भन्दै प्रश्न गरेका छन् ।
पूर्व स्वास्थ्य मन्त्री बस्नेतले गरे ठोकर्पा स्वास्थ्य चौकीको भव्य उद्घाटन
मंगलबार, जेठ ६, २०८२
सोमबार नै बस्नेतले लिसंखुपाखरमा गाउँपालिकामा निगाले नारगाउँ खानेपानीको उद्घाटन गरेका थिए । कार्यक्रम रोक्न गाउँपालिका अध्यक्षले विज्ञप्तिनै जारी गरेपनि बस्नेतले खानेपानीको उद्घाटन भव्य रूपमा गरेका थिए ।
द्वन्द्व पीडितसँग छलफल गर्दै प्रचण्डले भने - सहिद घोषणामा केही त्रुटि भयो
मंगलबार, जेठ ६, २०८२
घाइते अपाङ्गको उपचार, बेपत्ता व्यक्तिहरूको राज्यद्वारा मान्यता, सहिद परिवारका सन्तानको शिक्षादेखि रोजगारीसम्मका विषयमा अझै ध्यान दिनुपर्ने माग गरिएको थियो ।
ज्ञानेन्द्र शाहीको आक्रोश - सरकारको दिमागमा जाम लाग्यो कि, आँखामा रतन्धो लाग्यो, कि कानमा ढुसी पर्यो ?
मंगलबार, जेठ ६, २०८२
यदि सरकारले राज्यबाट कर्णालीलाई अलग बनाउने हो भने आफैँ चलाएर देखाउने चेतावनी दिए । यस्तै, उनले जनता हिमपहिरो गएर अलपत्र परेको अवस्थामा सरकार सगरमाथा संवाद जस्तो नाटक बाजी गरिरहेको पनि बताए ।
नेपालको आर्थिक कूटनीतिमा आइटी क्षेत्रलाई केन्द्रमा राखौं - सुनिता बराल
मंगलबार, जेठ ६, २०८२
उनले नेपालको आर्थिक कूटनीतिकमा आइटी क्षेत्रलाई केन्द्रमा राख्नुपर्ने जानकारी दिइन् । उनले देशको आर्थिक कूटनीतिमा आइटीलाई केन्द्रमा राखेर काम गर्न सरकारको ध्यानाकर्षण गराइन्
‘आयोगमाथि आयोग थप्ने काम मात्र भयो, मिटरब्याजी पीडितले न्याय पाएनन्’
मंगलबार, जेठ ६, २०८२
उनले भनिन्, ‘सिंहदरबारमा पीडितलाई प्रवेश निषेध गरिएको छ । मिटरब्याजी पीडितहरूको समस्या यसरी समाधान हुँदैन । आफ्नो पार्टीको साहू जोगाउन पीडित माथि राजनीति नगरौं । मिटरब्याजमा गृहमन्त्री, मन्त्री, सांसद र नेताहरूको कही कतै भाग छ भनेर शंका उत्पन्न हुने गरि काम नगरौं । मिटरब्याजी पीडितहरूलाई न्याय दिनुपर्यो ।’
सुनचाँदीको मूल्य कति पुग्यो ?
मंगलबार, जेठ ६, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार पनि सोही कायम भएको हो ।
विद्यार्थीलाई बाहिर निकालेर जनप्रतिनिधिले नै गरे विद्यालयमा तालाबन्दी
मंगलबार, जेठ ६, २०८२
विद्यालय व्यवस्थापन समितिलाई पूर्णता नदिएको भन्दै सोमबार विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य धनबहादुर तामाङको अध्यक्षतामा जनप्रतिनिधि समेतको उपस्थितिमा बैठक बसी निर्णय नै गरेर विद्यालयमा ताल लगाइएको छ ।
रोल्पा : टुरिजम फर पिस’ फोटो प्रदर्शनी सुरु
मंगलबार, जेठ ६, २०८२
पुनले रोल्पा विगतमा ‘राजनीतिक द्धन्द्धको केन्द्र’ भनेर चिनिने गरेकोमा अहिले आर्थिक हिसाबले उत्पादन र प्रवर्द्धक केन्द्रको रूपमा विकास गर्ने कोसिस गरिरहेको उल्लेख गर्दै भने, ‘आर्थिक उत्पादन रोजगारी सिर्जनाको एउटा महत्त्वपूर्ण क्षेत्र पर्यटन हो। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले क्षेत्रका फोटो सङ्कलनहरू यहाँ प्रदर्शनीमा आएका छन्। मलाई खुसी लागेको छ।’ पुनले फोटो...
पर्यटन मन्त्री पाण्डेद्वारा हजयात्रीलाई त्रिभुवन विमानस्थलमा बिदाइ
मंगलबार, जेठ ६, २०८२
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले विमानस्थलमा बिदाइ गर्दै सफल, सुरक्षित र अर्थपूर्ण हज यात्राको शुभकामना व्यक्त गरे । उनले हज यात्रालाई केवल धार्मिक अभ्यास मात्र नभई राष्ट्रको अन्तर्राष्ट्रिय प्रतिष्ठा प्रवर्द्धन गर्ने अवसरको रूपमा पनि लिनुपर्ने धारणा राखे ।
शिक्षकका मागप्रति सरकर इमानदार नभएकाे आराेप, यसआघिकाे भन्दा कडा आन्दाेलन गर्ने चेतावनी
मंगलबार, जेठ ६, २०८२
विद्यालय शिक्षा विधेयकमा संशोधन गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गत बनेको उपसमितिले पेस गरेको सुझाव तथा प्रतिवेदनले महासंघको आन्दोलन र विगतमा भएका सहमतिको सम्मान नगरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ ‘आन्दोलनको मर्म र विगतका सहमति बिर्सेर कतिपय सवालमा प्रतिवेदन प्रस्तावित विधेयक भन्दा पनि पश्चगमन तर्फ...
आरके शर्माको संयोजकत्वमा एनआरएनए न्यायिक तथा मेलमिलाप समिति गठन
मंगलबार, जेठ ६, २०८२
अध्यक्ष महेश कुमार श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमितिको दोस्रो बैठकले एनआरएन अभियन्ता राजेन्द्र कुमार शर्माको संयोजकत्वमा उक्त समिति गठन गरेको हो । शर्मा नेतृत्वको समितिले आवश्यकता अनुसार सदस्यहरू थप गर्ने प्रवक्ता गंगाधर गौतमले जानकारी दिए ।
साताको लोकप्रिय

