राजश्व छली चोरी पैठारी गरी ल्याएका सामाग्री सहित ८ जना पक्राउ
बिहीबार, जेठ ८, २०८२
काठमाडौं च:मती एरियामा सिकन्दर रजा समेतका व्यक्तिहरूले विभिन्न कम्पनीका मोबाइलका पार्टपुर्जाहरू राजस्व छली चोरी पैठारी गरी काठमाडौं ल्याई विभिन्न मोबाइल पसलहरूमा बिक्री वितरण तथा भण्डारण गर्ने गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई विभिन्न कम्पनीको मोबाइलको पार्टपुर्जा सहित उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
सगरमाथाको सफल आरोही गरेकी कुन्जाङको विशेष बढुवा
बिहीबार, जेठ ८, २०८२
नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार प्रहरी महानिरीक्षक दिपक थापाको अध्यक्षतामा बसेको नीति निर्माण समिति (पिसिसि) बैठकको निर्णयले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी संगठनको गौरव बढाउन सफल शेर्पालाई विशेष बढुवा प्रदान गरी प्रहरी नायब निरीक्षक पदमा बढुवा गर्ने निर्णय गरिएको थियो ।
दुर्गा प्रसाईंलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति
बिहीबार, जेठ ८, २०८२
प्रहरीले सो घटनाको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउन अन्तिम तयारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
काँग्रेसले पार्यो राजसंस्थाबारे स्पष्ट
बिहीबार, जेठ ८, २०८२
‘कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्थाबारे उहाँको धारणा भनी सञ्चार माध्यममा गलत सूचना सम्प्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य हो । उहाँले कहीँ कतै नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढंगले आमसञ्चारको माध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरीत हो,’ विज्ञप्तिमा भनिएको छ ।
नेप्से परिसूचक १९.१४ अंकले बढ्यो
बिहीबार, जेठ ८, २०८२
अघिल्लो दिन बजारमा १० अर्ब ४५ करोडको सेयर कारोबार भएको थियो । आज १०४ कम्पनीको मूल्य बढेको छ । १४२ कम्पनीको मूल्य घट्दा १ कम्पनीको मूल्य स्थिर रहेको छ ।
एमाले गण्डकी प्रदेश सदस्य केशर छन्त्याल माओवादी प्रवेश
बिहीबार, जेठ ८, २०८२
उनीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका छन् । छन्त्याल नेकपा एमालेबाट विजयी भएर गण्डकी प्रदेश सभा पुगेका थिए ।
रनवेमा खाल्डो परेपछि सुर्खेत विमानस्थल पुनः बन्द
बिहीबार, जेठ ८, २०८२
बिहीबारदेखि विमानस्थल सुचारु गर्ने योजना भएपनि अर्को ठाउँको समस्याले फेरी दुई दिनका लागि विमानस्थल बन्द गरिएको काफ्लेले बताए ।
‘स्रोत व्यवस्थापन र बजेट विनियोजनमा कुशलताको कमी भएको छ’
बिहीबार, जेठ ८, २०८२
उनले भने, ‘लोक सेवा पढ्दै गर्दा २० वर्ष अगाडि लेखेका समस्याहरू अझै समाधान भएका छैनन् । सरकारको नीति तथा कार्यक्रमसँगै संविधानलाई आधार मानेर विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता यस समितिमा प्रस्तुत पनि भइसकेको छ । हाम्रो माग धेरै छन्, त्यसको स्रोत व्यवस्थापन र बजेट ल्याउने कुरामा विनियोजन कुशलता...
यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला नौ निर्णय
बिहीबार, जेठ ८, २०८२
सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको १२६५८।६० वर्गमिटर जग्गा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशको प्रशासकीय भवन निर्माण प्रयोजनमा उपयोग गर्नका लागि कर्णाली प्रदेश सरकारलाई उपलब्ध गराउन स्वीकृति दिने ।
लेखा समितिमा फेरि चर्काचर्की, सांसद मोदी ‘सुटिङ’ गर्न मात्र आएको आरोप
बिहीबार, जेठ ८, २०८२
यत्तिकैमा सभापति पोखरेलले आजको दिनसम्म समितिमा प्रतिपक्षलाई बोल्न नदिएको भन्ने गलत व्याख्या गरेको भन्दै आपत्ति जनाए । उनले सांसद मोदीले मिडियालाई बोलाएर भाइरल हुनको लागि मात्र उक्त अभिव्यक्ति राखेको आरोप समेत लगाए ।
अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य बढ्यो
बिहीबार, जेठ ८, २०८२
इरान पेट्रोलियम निर्यातकर्ता देशहरूको संगठन (ओपेक)मा तेस्रो ठूलो तेल उत्पादक हो र इजरायलको हडतालले इरानबाट तेल आपूर्ति अवरुद्ध हुन सक्ने अनुमान गरिएको छ ।
मधेश सरकारले सञ्चार क्षेत्र र शहिद परिवारलाई विशेष ध्यानमा राखेर बजेट ल्याउने
बिहीबार, जेठ ८, २०८२
उनले पत्रकार र सञ्चारमाध्यमहरुका लागि विशेष प्याकेजहरुको व्यवस्था गर्ने जानकारी दिए । पत्रकारको दुर्घटना बीमाका साथै प्रदेशका ज्येष्ठ पत्रकारहरूको सम्मानलगायतका कार्यक्रमहरू ल्याउन लागेको बताए ।
साताको लोकप्रिय

