यी प्रदेशमा हुँदैछ मेघगर्जन र चट्याङसहित वर्षा
शनिबार, जेठ १०, २०८२
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
तपाईंको आजको दिन कस्तो छ ?
शनिबार, जेठ १०, २०८२
योग्यहरूका लागि वैवाहिक साँठगाँठ हुनेछ। रोमान्सको रोमाञ्चक दिन - साँझको लागि केही विशेष योजना बनाउनुहोस् र त्यसलाई सकेसम्म रोमान्टिक बनाउने प्रयास गर्नुहोस्।
स्नातक तह तेस्रो वर्षको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)
शुक्रबार, जेठ ९, २०८२
त्रिविले परीक्षा फाराम भर्न छुटेका विद्यार्थीहरूको दोब्बर दस्तुर तिरी फाराम भराई सबै प्रक्रिया पुर्याई जेठ १५ सम्म परीक्षा नियन्त्रण कार्यालय बल्खुमा बुझाउन पनि क्याम्पसहरूलाई अनुरोध गरेको छ ।
चतुर्मुखी सामुदायिक वनमा गैँडा मृत फेला
शुक्रबार, जेठ ९, २०८२
गैँडा एक आपसमा जुधेर घाइते भएपछि मरेको हुन सक्ने सव डिभिजन वन कार्यालय पदमपुरका प्रमुख बालकृष्ण खनालले जानकारी दिए ।
रामेछापमा धारिलो हतियार प्रहार गरेर बुहारीको हत्या
शुक्रबार, जेठ ९, २०८२
पवित्राको ९ वर्षको छोरा हजुरबुबासँग बस्दै आएका थिए । मृतक पवित्राको श्रीमान् खम्बबहादुर बुढाथोकीले गएको साउनमा आत्महत्या गरेका थिए ।
२९४ जना प्रहरी वरिष्ठ हवलदारलाई असई पदमा बढुवा सिफारिस
शुक्रबार, जेठ ९, २०८२
शुक्रवार बसेको बढुवा समितिको बैठकले निर्णय गरेको हो।
अमेरिका पठाइदिने भन्दै एकै जनाबाट ५५ लाख ठगी
शुक्रबार, जेठ ९, २०८२
जाहेरी परेपछि प्रहरीले खड्काको खोजी सुरू गरेको थियो। प्रहरीका अनुसार खड्कालाई थप कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
बाँके मालपोतका खरिदारसहित तीन जना घुससहित पक्राउ
शुक्रबार, जेठ ९, २०८२
प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भन्दै घुस मागिरहेको उजुरी परेपछि अख्तियारको टोली गएको थियो।
करन परियारको स्वरमा नाजिर र गरिमाको जीवन्त प्रेम कथा ‘अँगालोमा’ (भिडियोसहित)
शुक्रबार, जेठ ९, २०८२
नेपाल आइडल सिजन ५ का विजेता करन परियारको आवाजमा सजिएको नयाँ म्युजिक भिडियो ‘अँगालोमा’ सार्वजनिक भएको छ। गहिरो भावनात्मक प्रेम कथालाई प्रस्तुत गर्ने यो गीतले दर्शक तथा स्रोतामाझ फरक स्वाद ल्याएको छ।
रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्चको आदेश (पूर्णपाठसहित)
शुक्रबार, जेठ ९, २०८२
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले रविको बन्दी प्रत्यक्षीकरण मुद्दा र उच्च अदालतले गरेको थुनछेक आदेशमाथिको पुनरावेदन उपर सुनवाइ गरेपछि रिहाको आदेश दिन अस्विकार गरेको हो ।
गृहमन्त्रीको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट
शुक्रबार, जेठ ९, २०८२
भिजिट भिसामा जाने नेपालीहरूसँग कम्तीमा पनि ५० हजारदेखि तीन लाख रुपैयाँसम्म असुल गरेको पाइएको छ । उक्त गिरोहको ‘कनेक्सन’ गृह मन्त्रालयसम्मै पुगेको बताउँदै गृहमन्त्री लेखकको समेत संलग्नतामा यो काम भएको भन्दै चर्को आलोचना भएको छ ।
सहरले २०८१ को जस्तो बाढीजन्य विपद् व्यहोर्नु नपर्ने गरी पूर्व तयारी गरौं - उपप्रमुख डंगोल
शुक्रबार, जेठ ९, २०८२
‘सहरी विकासका सवालमा प्रश्नहरू छन् । चुनौतीहरू छन् । समाधानका उपाय छन् । यी सबै पक्षको विश्लेषण गरेर महानगरपालिकाले नदी सुधार गुरुयोजना तयार पारिरहेको छ ।’ बैठकमा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले भने, ‘बाढी व्यवस्थापन गर्न विश्वका सहरहरूले गरेको प्रयत्न काठमाडौंका लागि सिकाइ नहुन सक्छ । काठमाडौंको भूगोल,...
प्रवासमा रहेका नेपालीद्वारा क्यान्सर पीडित रसिलालाई ४ लाख बढी आर्थिक सहयोग
शुक्रबार, जेठ ९, २०८२
उपचार सहयोगका लागि अमेरिका निवासी निमा ह्योल्मो तामाङको सक्रियतामा प्रवासी नेपाली समुदायबाट उक्त रकम संकलन गरिएको हो। यस अभियानमा इन्द्रावती गाउँपालिका–५ का पूर्व वडाध्यक्ष दुर्गा बहादुर तामाङ, समाजसेवी मंगले तामाङ (मनोत्रा झाँक्री), र कर्म लामा ह्योल्मोले महत्वपूर्ण भूमिका खेलेका छन्।
साताको लोकप्रिय

