पुष्पाञ्जली आमा समूहले ‘सुरक्षा’ को नाममा चलायो अवैध धन्दा, स्थानीय आक्रोशित
मंगलबार, जेठ २७, २०८२
स्थानीय स्रोतका अनुसार समूहका केही सदस्यले समूहकै आडमा मदिरा बिक्रीदेखि जुवा तास लगायतका गतिविधि सञ्चालन गरिरहेका छन् । ‘समाजमा अनुशासन र सुरक्षा कायम गर्छौँ भनेर थालेको समूहले अहिले आफैँ समाज बिगार्ने काम गरिरहेको छ ।’ एक स्थानीय बासिन्दाले नाम नबताउने सर्तमा बताए ।
नेपाल आज नेदरल्याण्ड्ससँग खेल्दै
मंगलबार, जेठ २७, २०८२
सिरिजको सुरुवाती २ खेलमा जितेको नेपालले पछिल्लो खेलमा स्कटल्याण्डसँग २ रनको हार बेहोरेको थियो । त्यो खेलमा नेपालले ३ सय २४ रनको लक्ष्य पछ्याएको थियो । ८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट प्रतियोगिता समेत हो । सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने...
यस्तो छ, आजको तरकारी र फलफूलको थोक मूल्य
मंगलबार, जेठ २७, २०८२
समितिका अनुसार आज तरकारीतर्फ, गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो १०० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) ७० रुपैयाँ, र गोलभेँडा सानो (लोकल) ७५ रुपैयाँ तोकिएको छ । टनेलको सानो गोलभेटाको मूल्य प्रतिकिलो ८५ रुपैयाँ रहेको छ । आलु रातो प्रतिकिलो ३५ रुपैयाँ, भारतीय आलु रातो ३२ रुपैयाँ, र मुडे आलु रातो ३८ रुपैयाँ...
हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने दिन आज सम्म मात्र
मंगलबार, जेठ २७, २०८२
कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि जेठ २८ गते (भोली) एक दिनका लागि बुक क्लोज गर्दै छ । सोहि कारण आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयर धनीहरू मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
निर्मला पन्त प्रकरणको २५ सय दिन : राज्य निरीह हुँदा घटना रहस्यमै
मंगलबार, जेठ २७, २०८२
निर्मलाको हत्या भएदेखि हालसम्मको अवधिमा रामबहादुर थापा ‘बादल’, बालकृष्ण खाँण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ र हाल रमेश लेखक गृहमन्त्रीको कुर्सीमा छन् । यसमध्ये लामिछाने र लेखकले निर्मलाको केसलाई टुङ्गोमा पुर्याउने आस गरिएको थियो । उनीहरूले पनि कुनै परिणाम दिन सकेनन् ।
लाओसलाई कम आक्न चाहदैनौं : प्रशिक्षक रस
मंगलबार, जेठ २७, २०८२
प्रेस कन्फ्रेन्सका क्रममा प्रशिक्षक रसले घरेलु मैदानमा लाओसले केही फाइदा लिन सक्ने हुनाले पनि आफूहरू सचेत रहेको बताएका छन् । लाओस घरेलु मैदानमा कडा प्रतिस्पर्धीका रूपमा रहन सक्ने बताउँदै उनले भने, “मलाई लाग्छ । लाओस पूर्णरुपमा संगठित टोली हो । अत्यन्त आक्रामक रहेको लाओसविरुद्ध केही कमजोरी गर्दा टोली डरलाग्दो बन्न...
हिमानी र हृदयेन्द्रद्वारा जुम्लामा पानी पोखरीको उद्घाटन
मंगलबार, जेठ २७, २०८२
जुम्लामा पूर्व युवराज्ञी हिमानी शाह र हृदयेन्द्र शाहले निजी गुठीद्वारा निर्मित सिँचाइ पोखरीको उद्घाटन गरेका छन् । रोजि राणा प्रभु शमशेर राणा निजी गुठीद्वारा जुम्लाको हिमा गाउँपालिका वडा नम्बर ७ मा निर्माण गरिएको उक्त सिँचाइ पोखरीबाट सयौँ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने बताइएको छ ।
भाषाको प्रकृति र प्रवृत्ति नबुझी पछाडि फर्कन खोज्नेहरू प्रतिगामी र अराष्ट्रवादी हुन् : प्रा.डा.हेमनाथ पौडेल
मंगलबार, जेठ २७, २०८२
राजनीतिक दलले बोकेको विचार राम्रो छ र त्यसले समाज र राष्ट्रलाई फाइदा पुर्याउँछ भने त्यसलाई सहयोग गर्नु गलत होइन नि ।
क्याड्डी गल्फ प्रतियोगिताको उपाधि अनिल र पार्वतीलाई
मंगलबार, जेठ २७, २०८२
उनले रोयल नेपाल गल्फ क्लबमा कूल ११३ स्कोर जोड्दै उपाधि जितेका हुन् । उनले दोस्रो भएका रोहितलाई ३ स्ट्रोकले हराए। उपाधिसँगै नगद २१ हजार हात पारे । रोयल नेपाल गल्फ क्लबमा रोहित आचार्य ११६ स्कोरका साथ दोस्रो भए ।
दुई वटा संसदीय समितिको बैठक बस्दै
मंगलबार, जेठ २७, २०८२
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति र राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । बिहान ११:०० बजे बस्ने राज्य व्यवस्था समितिको बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव, कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा वर्षाको सम्भावन
मंगलबार, जेठ २७, २०८२
कोशी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ र । देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
बढ्यो युरोको भाउ, अरू विदेशी मुद्राको भाउ कति पुग्यो ?
मंगलबार, जेठ २७, २०८२
नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७० पैसा र बिक्रीदर १३७ रुपैयाँ ३० पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८६ रुपैयाँ...
तपाईंको आजको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
मंगलबार, जेठ २७, २०८२
काममा लगानी बढाउने समय छ । प्रयास गर्दा रोकिएका कामहरू सफल हुनेछन् । आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्ने समय छ। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । घरायसी काममा रुचि बढ्नेछ ।
साताको लोकप्रिय

