बढ्यो युरोको भाउ, अरू विदेशी मुद्राको भाउ कति पुग्यो ?
मंगलबार, जेठ २७, २०८२
नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७० पैसा र बिक्रीदर १३७ रुपैयाँ ३० पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८६ रुपैयाँ १६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३२ पैसा कायम गरिएको जनाएको छ ।
तपाईंको आजको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
मंगलबार, जेठ २७, २०८२
काममा लगानी बढाउने समय छ । प्रयास गर्दा रोकिएका कामहरू सफल हुनेछन् । आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्ने समय छ। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । घरायसी काममा रुचि बढ्नेछ ।
७२ जिल्लामा फैलियो डेंगी, एक हजार दुई सय ५५ जना सङ्क्रमित
सोमबार, जेठ २६, २०८२
सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या काठमाडौँमा देखिएको छ । काठमाडौंमा १३२, कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० वटा सङ्क्रमित भेटिएका छन् ।
कोशी प्रदेशमा बस्ती स्थानान्तरण गर्ने सरकारको तयारी
सोमबार, जेठ २६, २०८२
बैठकले यस आर्थिक वर्षमा राहत सामग्री र नगद वितरणमा ७५ लाख ८० हजार रुपैयाँ खर्च भएको विवरण समेत अनुमोदन गरेको छ । साथै, ८६ लाख ४० हजार रुपैयाँ निजी आवास निर्माणका लागि प्रदान गरिएको जानकारी उपसचिव कमल थापाले दिएका छन् ।
संसद सुचारु गराउने पक्षमा प्रधानमन्त्रीको भूमिका शून्य : दाहाल
सोमबार, जेठ २६, २०८२
सोमबार संघीय संसद भवन बाहिर बोल्दै उनले सत्तापक्षबाट अलि लचिलो नभएको भन्दै उहाँहरुकै कारणसहमतिमा पुग्न नसकेको बताए ।
स्वास्थ्य संस्थाका प्रतिनिधिलाई हानिकारक फोहर व्यवस्थापन सम्बन्धी प्रशिक्षण
सोमबार, जेठ २६, २०८२
यही कसुर दोहोर्याएमा पहिलो पटक गरिएको जरिबानाको दोब्बर जरिबाना गरेर प्रचलित कानुनबमोजिम अनुमति रद्द गर्नका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था ऐनमा छ ।
मधेश प्रदेश नीति तथा कार्यक्रम : सांसदहरूको चरम असन्तुष्टि
सोमबार, जेठ २६, २०८२
प्रदेश सभामा नीति तथा कार्यक्रममाथिको छलफल जारी नै रहेको छ । मंगलबार बस्ने बैठकमा बाँकी सांसदहरुले आफ्नो कुरा राख्ने जनाइएको छ ।
नेताले मुलुक र जनता हेर्छ, मूर्खले आफ्ना भोटर मात्र हेर्छ : चन्द्र भण्डारी [भिडियो]
सोमबार, जेठ २६, २०८२
मूर्खहरूको बाहुल्यता भएको ठाँउमा आफ्नो भनाइको कुनै अर्थ नहुने भन्दै उनले रातो किताब ठूला ठूला र करोडौँ लगानी भएको योजनाहरू काटेर कार्यकर्ताको अनुहार हेरेर बजेट राखिएको बताए ।
प्रतिनिधिसभा बैठक बुधवार बस्ने
सोमबार, जेठ २६, २०८२
सभामुख देवराज घिमिरेले आज संसद सुचारू भएको जानकारी दिए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले बैठक अवरोध गरेका थिए । सभामुख घिमिरेले दलीय आधारमा बोल्न दिन लागेको जानकारी दिए पनि प्रतिपक्षी सांसदहरूले हो होल्ला गरे पछि बैठक आधा घन्टाका लागि स्थगित गरेका थिए ।
पानी जहाज विधेयक पारित, अब जलमार्गका लागि खुल्यो कानुनी बाटो
सोमबार, जेठ २६, २०८२
सोमबार बसेको राष्ट्रिय सभाको बैठकले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको हो ।
दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी, कुन अस्पतालमा कति ?
सोमबार, जेठ २६, २०८२
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीय अस्पतालहरूमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी ।
अब रिटर्नीको प्रतिनिधित्व केन्द्रमा पनि हुन्छ : अध्यक्ष प्रचण्ड [भिडियो]
सोमबार, जेठ २६, २०८२
उनले भने, ‘अहिले देशको राजनीतिमा उतारचढाव छ । संविधानसभाबाट बनेको संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशीता, समानुपातिक प्रणालीसहितको संविधानमार्फत समाजवादउन्मुख मुलुकको परिकल्पना गरेका छौँ । यसका लागि तपाईंहरूको भूमिका महत्वपूर्ण हुनेछ ।’
भिजिट भिसा प्रकरण: रास्वपाले अघि सार्यो सहमतिका प्रस्तावहरू
सोमबार, जेठ २६, २०८२
अपनाइने, यस सहमति पत्रको उद्देश्य, देशमा सुशासन, उत्तरदायित्व, र न्यायिक प्रक्रिया सुदृढ गर्दै नागरिकको विश्वास पुनःस्थापना गर्नु हुँदा यस्ता संवेदनशील विषयहरूमा राज्यका सबै अंगहरू मिलेर काम गर्ने प्रतिबद्धता जनाइन्छ ।
साताको लोकप्रिय

