Harsamaya
‘भ्यालेन्टाइन’ डे मा एयरलाइन्सको छुट
‘भ्यालेन्टाइन’ डे मा एयरलाइन्सको छुट यती एयरलाइन्सले जुनसुकै गन्तव्यमा यात्रा गर्ने जोडी यात्रुलाई रु एक हजार ४०० सम्म छुट दिएको जनाएको छ । यती एयरलाइन्सको ‘मोबाइल एप’ वा ‘वेबसाइट’मा ‘यतीमाया’ ‘प्रोमोकोड’ प्रयोग गरेर यस्तो अफर लिन सकिने कम्पनीले जनाएको छ । फेब्रुअरी ७ देखि १४ तारिखसम्मको अवधिमा यात्रा गर्ने सात जोडीलाई ‘लक्की ड्र’मार्फत होटल सरोवर...
बन्दीपुरको मौलिकता जोगाउन गाउँपालिकाको कडाइ
बन्दीपुरको मौलिकता जोगाउन गाउँपालिकाको कडाइ पहाडकी रानी उपनामले परिचित बन्दीपुर बजारको मौलिकता र सौन्दय जोगाई राख्न स्थानीय तहले कडाइ गर्न थालेको छ । विकास गतिविधि, सार्वजनिक र निजी संरचना निर्माणको क्रम बढ्दै जाँदा बजारको ऐतिहासिक पहिचानलाई कायम राख्नु सबैको दायित्व रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा बताउँछन् ।
छिल्लीकोट: इतिहास, प्रकृति र साहसिक पर्यटनको नयाँ गन्तव्य
छिल्लीकोट: इतिहास, प्रकृति र साहसिक पर्यटनको नयाँ गन्तव्य पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा पछिल्लो समय आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । १५/१६औँ शताब्दीमा राजा मेघनाथ शाहले राज गरेको यस ठाउँको अवलोकन गर्न आउनेहरू निरन्तर बढ्दै गएको स्थानीय प्रवीर पुनले बताए।
भक्तपुरमा बेलायती अधिराजकुमार: काष्ठकलामा हात चलाउँदै नेपाली सीपको प्रशंसा
भक्तपुरमा बेलायती अधिराजकुमार: काष्ठकलामा हात चलाउँदै नेपाली सीपको प्रशंसा भक्तपुरको सरस्वती स्कुल अगाडिको गल्लीमा परम्परागत शैलीमा रहेको नेपाल भोकेसनल एकेडेमीको आँगनमा अधिकांश कालिगडहरू काठमा बुट्टा भर्ने काममा तल्लीन थिए । नजिकै पृथ्वीनारायण शाहको पूर्णकदको ढलौटका बिहाल मूर्ति, लहरै रहेका अन्य कलात्मक मूर्तिहरू थिए ।
ऐतिहासिक टक्सारलाई सरंक्षणको खाँचो
ऐतिहासिक टक्सारलाई सरंक्षणको खाँचो औद्योगिक, व्यापारिक र सांस्कृतिक क्षेत्रको पहिचान बनाएको ऐतिहासिक टक्सार बजार यतिबेला संरक्षणको पर्खाइमा छ । यहाँ बनेका कलात्मक शैलीका घरहरु खण्डहर बनेसँगै यो स्थानको मौलिकता समेत मेटिँदै गएको छ ।
डोल्पाको मसिनेचौर विमानस्थल अझै सञ्चालनमा आएन
डोल्पाको मसिनेचौर विमानस्थल अझै सञ्चालनमा आएन तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उडड्यमन्त्री सुदन किँरातीले दुइ पटक परीक्षण उडानको मिति तोके पनि उडान नभएको डोल्पालीको गुनासो छ । निर्माण पुरा भएको लामोसमय बितिसक्दा पनि जहाज नआए पछि राज्यको करोडौँ लागनी भएको मसिनेचौर विमानस्थलका भौतिक संरचना जीर्ण बन्न थालेका छन् । 
सिक्लेस : प्रकृति र संस्कृतिलाई नजिकबाट हेर्ने र बुझ्ने थलो
सिक्लेस : प्रकृति र संस्कृतिलाई नजिकबाट हेर्ने र बुझ्ने थलो वरिपरिबाट जङ्गलले घेरिएको गुजुमुज्ज परेको बस्ती, ढुुङ्गैढुुङ्गाले छापिएका बाटा र ठाउँठाउँमा राखिएका गुरुङ समुदायको धार्मिक आस्थाका पवित्र कोइबोहरु । कास्कीको पर्यटकीय गाउँ सिक्लेस पुग्ने जोकोहीलाई पनि त्यहाँका प्राकृतिक सुन्दरतासँगै गुरुङ संस्कृति, परम्परा र इतिहासले लोभ्याउँछ ।
प्रचारप्रसारको अभावमा सौन्दर्यले भरिपूर्ण सुनदेवी ताल ओझेलमा
प्रचारप्रसारको अभावमा सौन्दर्यले भरिपूर्ण सुनदेवी ताल ओझेलमा यस क्षेत्रसम्म पुग्ने सडक अहिलेसम्म बन्न सकेको छैन । आन्तरिक पर्यटक तथा धार्मिकजनले पैदल नै यस क्षेत्रमा पुग्नुपर्ने बाध्यता छ । पूर्वपश्चिम राजमार्गको वन समितिबाट आठ किलोमिटरको दूरी वातावरण मध्यवर्ती सामुदायिक वनसम्म सवारीसाधनमा जान गर्न सकिने भए पनि त्यसपछिको पाँच किलोमिटर दूरी भने पैदल नै तय गर्नुपर्ने हुन्छ ।
विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न थालियो पहल
विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न थालियो पहल विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न हलेसी तुवाचुङ नगरपालिकाले पहल थालेको हो ।
पर्वतारोहीलाई सामाजिक सुरक्षाको व्यवस्था गर्दैछौंः पर्यटनमन्त्री पाण्डे
पर्वतारोहीलाई सामाजिक सुरक्षाको व्यवस्था गर्दैछौंः पर्यटनमन्त्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्वतारोहीका लागि कल्याणकारी कोष स्थापना गर्ने उद्घोष गरेका छन्। पर्वतारोही फुन्जो जाङमो लामासहितका आरोहीलाई आइतबार यहाँ सम्मान गर्दै उनले पर्वतारोहीको सामाजिक सुरक्षा र आरोहणमा प्रोत्साहनका लागि कल्याणकारी कोष स्थापना गरिने बताए।
हिमाल जोगाउने अभियानमा सिरिजङ्घा गाउँपालिका
हिमाल जोगाउने अभियानमा सिरिजङ्घा गाउँपालिका दिन प्रतिदिन जलवायु परिर्वतनका कारण हिमताल, हिमनदीका साथै हिमालको अस्तित्व संकटमा पर्दै जान थालेपछि सिरिजङ्घा गाउँपालिका हिमाल जोगाउने अभियानमा जुटेको छ। कञ्चनजङ्घा आधार शिविरमा पर्यटन महोत्सवमार्फत सरोकार भएका निकायबीच जलवायु परिवर्तनले पुर्‍याएको असर र न्यूनीकरण गर्ने सम्बन्धमा छलफल गरी हिमाल जोगाउने अभियान सञ्चालन गरिने पालिकाले जनाएको हो।
पुरातात्विक महत्व भएका संरचनाहरूको संरक्षण गर्न निम्न बोलपत्र दाताको बोलपत्र स्वीकृत (सूचनासहित)
पुरातात्विक महत्व भएका संरचनाहरूको संरक्षण गर्न निम्न बोलपत्र दाताको बोलपत्र स्वीकृत (सूचनासहित) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पुरातत्व विभागले पुरातात्विक महत्व भएका संरचनाहरूको संरक्षण गर्ने भएको छ ।  विभागले देशका विभिन्न स्थानमा रहेका पुरातात्विक महत्वका संरचनाहरूको संरक्षणका लागि बोलपत्र स्वीकृत गरेपछि तिनिहरूको संरक्षणको काम अघि बढ्ने भएको छ । 
Weather Update