Harsamaya
पोखरामा आजदेखि दाइँ महोत्सव
पोखरामा आजदेखि दाइँ महोत्सव पोखरामा आज देखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले सो महोत्सव आयोजना गरिएको हो ।
पर्यटकको रोजाइमा च्यामा सिमसार क्षेत्र
पर्यटकको रोजाइमा च्यामा सिमसार क्षेत्र नेपालगञ्ज–१ कि पूर्णिमा केसीलाई बर्दियाको च्यामाताल मनमोहक लाग्यो । शुक्रबार परिवारसहित घुम्न गएकी उनी घरबाट नजिकै भए पनि पहिलो पटक आएको सुनाइन् । ‘छिमेकी जिल्लामा रहेको यो तालमा म पहिलो पटक आएकी हुँ । यहाँ आएपछि मलाई रमाइलो लाग्यो,’ उनले भनिन् ।
पर्यटकको रोजाइमा च्यामा सिमसार क्षेत्र
पर्यटकको रोजाइमा च्यामा सिमसार क्षेत्र नेपालगञ्ज–१ कि पूर्णिमा केसीलाई बर्दियाको च्यामाताल मनमोहक लाग्यो । शुक्रबार परिवारसहित घुम्न गएकी उनी घरबाट नजिकै भए पनि पहिलो पटक आएको सुनाइन् । ‘छिमेकी जिल्लामा रहेको यो तालमा म पहिलो पटक आएकी हुँ । यहाँ आएपछि मलाई रमाइलो लाग्यो,’ उनले भनिन् ।
नेपाल भ्रमण वर्ष २०२५ शुभारम्भ
नेपाल भ्रमण वर्ष २०२५ शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, चिनियाँ राजदूतावास, भक्तपुर नगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को आज शुभारम्भ भएको छ ।
नेपाल एयरलायन्सको जहाज ग्राउन्डेड,  महिना दिनदेखि रेसुङ्गा विमानस्थलमा हवाई सेवा बन्द
नेपाल एयरलायन्सको जहाज ग्राउन्डेड,  महिना दिनदेखि रेसुङ्गा विमानस्थलमा हवाई सेवा बन्द यहाँस्थित रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई सेवा बन्द भएको छ । नेपाल वायु सेवा निगम (नेपाल एयरलायन्स) सँग भएका दुईवटा ट्विनअटर जहाज ग्राउन्डेड भएपछि एक महिनादेखि जिल्लामा हवाई सेवा बन्द भएको हो ।
हुम्लामा हिउँ पन्छाएर हवाई सेवा सञ्चालन
हुम्लामा हिउँ पन्छाएर हवाई सेवा सञ्चालन हिउँ पन्छाएर यहाँको सिमकोट विमानस्थलमा आजदेखि हवाई सेवा सञ्चालनमा ल्याइएको छ ।  विमानस्थलको धावनमार्गमा जमेका हिउँ पन्छाएर हवाई सेवा सञ्चालन गरिएको सिमकोट विमानस्थल प्रमुख महेन्द्र सिंहले बताए ।
६ महिनामा एक लाख बढीले घुमे निकुञ्ज
६ महिनामा एक लाख बढीले घुमे निकुञ्ज चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा एक लाख १० हजार तीन सय ४५ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । भ्रमण गर्नेमा सबैभन्दा बढी आन्तरिक पर्यटक रहेका छन् ।
भल्कोटमा अझै जीवित छ सयौँ वर्ष पुरानो ‘पुतली नाच’
भल्कोटमा अझै जीवित छ सयौँ वर्ष पुरानो ‘पुतली नाच’ निसीखोला गाउँपालिका–६ भल्कोटमा हरेक वर्ष माघ ३ गते पुतली नाच नाच्ने गरिन्छ । बाइसे चौबीसे राजाका पालादेखि नाचिदै आएको पुतली नाचलाई यहाँका स्थानीयले संरक्षण गर्दै आएका छन् । पुतलीजस्तै बनेर नाचिने यो नाच महँगो पनि मानिन्छ । थरिथरि रङका कपडा पहिरिएरका बालकदेखि वृद्धसम्मले पुतली बनेर नाच्छन् । युवा पुस्तामा पुतली...
मुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत   
मुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत    संरक्षणको अभावमा मुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत भएको छ । माटोको प्रयोग गरेर आठौँ शताब्दीमा निर्माण भएका संरचना भत्किएर नासिन थालेका हुुन् ।
टीकापुरस्थित वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि खुला (४५ औं कार्यपालिका निर्णयसहित)
टीकापुरस्थित वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि खुला (४५ औं कार्यपालिका निर्णयसहित) टीकापुर उद्यान (पार्क) स्थित वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि प्रवेश खुला गरिने भएको छ । टीकापुर नगरपालिकाको यही पुस २२ गते बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको हो । नगरप्रमुख रामलाल डगौरा थारूले वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि खुला गर्ने र प्रवेश शुल्क २० राख्ने निर्णय भएको जानकारी दिए ।
अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द
अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द संयुक्त राज्य अमेरिकामा आँधीका कारण शुक्रबार तीन हजार भन्दा बढी उडानहरू रद्द भएको छ । डेल्टा एयरलाइन्सले एटलान्टा अन्तर्राष्ट्रिय एयरपोर्टका सबै पाँच रनवेहरू दुई घण्टा भन्दा बढीका लागि बन्द गरिएको बताएको छ । डेल्टा विमानले पनि इन्जिनमा समस्या आएपछि एटलान्टामा उडान रद्द गर्नुपरेको थियो ।
रामायणकालीन वाल्मीकि आश्रम संरक्षणको माग
रामायणकालीन वाल्मीकि आश्रम संरक्षणको माग चितवनको माडी नगरपालिका–१ मा रहेको वाल्मीकि आश्रम संरक्षणको अभावमा ओझेलमा परेको छ । रामायणकालीनस्थलका रूपमा परिचित आश्रम विकास र संरक्षणका लागि ठोस पहल नहुँला ओझेलमा परेको हो ।
Weather Update