गहना चोर्ने र बेच्ने दुई जना तारकेश्वरबाट पक्राउ
आइतबार, पुस ६, २०८२
प्रहरी वृत्त बालाजुको टोलीले तारकेश्वर नगरपालिका–४ माछापुच्छ्रे टोलस्थित एक व्यक्तिको डेराबाट सुनका गरगहना चोरी गर्ने तथा बिक्री गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका घर भई काठमाडौँको नयाँबसपार्क बस्ने २४ वर्षीय अशोक क्षेत्री र रसुवाको नौकुण्ड गाउँपालिलिका–१ घर भई काठमाडौँको नयाँबजार बस्ने ३६ वर्षीय रामकृष्ण विक रहेका छन् ।
साताको लोकप्रिय

