Harsamaya
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सरकारले १०० दिनभित्र सहकारी पीडितको रकम फिर्ता सुरु गर्ने घोषणा गरेकाले कुनै पनि प्रक्रियागत ढिलासुस्तीले रोकिने वातावरणको अन्त्य गर्नुपर्ने बताए। बैठकमा महान्यायाधिवक्ता डा कँडेल र एआइजी डा केसीले समस्याग्रस्त सहकारीमा अड्किएको रकम असुली प्रक्रियालाई तीव्रता दिन आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए।
रवि लामिछानेले सहकारी ठगी गरेका प्रमाणहरू सहकारी.मनीमा 
रवि लामिछानेले सहकारी ठगी गरेका प्रमाणहरू सहकारी.मनीमा  हालसम्म कानुनी प्रक्रिया चलिरहेको छ । कतिपय मुद्दामा लामिछाने धरौटीमा रिहा भएका छन् भने अन्य मुद्दामा अनुसन्धान तथा अदालती सुनुवाइ जारी छन् ।
लामिछाने र जोशीको मुद्दाका फाइल झिकाउन आदेश
लामिछाने र जोशीको मुद्दाका फाइल झिकाउन आदेश उच्च अदालत तुलसीपुर, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको फाइल जिल्ला अदालतबाट झिकाउन आदेश भएको छ ।
कुमारी सहकारी हिनामिनामा संलग्न जिसस प्रमुखसहित पाँच जना थुनामा
कुमारी सहकारी हिनामिनामा संलग्न जिसस प्रमुखसहित पाँच जना थुनामा फरार १९ जना जनालाई पक्राउ पुर्जी जारी गर्ने आदेश भएको छ । मुद्दाका वादी जिल्ला सरकारी वकिल कार्यालयको मागदाबीबमोजिम सहकारी रजिष्ट्रारको कार्यालयसँग समन्वय गरेर सहकारीलाई १५ दिनभित्र सञ्चालन गरी अदालतमा जानकारी गराउन पनि आदेश भएको अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलले जानकारी दिए । 
सुप्रिम सहकारी ठगीमा पूर्वडिआइजी छविलाल जोशी कारागार चलान
सुप्रिम सहकारी ठगीमा पूर्वडिआइजी छविलाल जोशी कारागार चलान यस प्रकरणमा सरकारी तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल र सहायक न्यायाधिवक्ता गोकर्णराज घिमिरेले बहस गरेका थिए भने जोशीको पक्षबाट अधिवक्ता मनोजकुमार चौधरी र अपूर्व खतिवडाले बहस गरेका थिए।
पूर्वगृहमन्त्री रविको आज पनि चितवन अदालतमा थुनछेक बहस
पूर्वगृहमन्त्री रविको आज पनि चितवन अदालतमा थुनछेक बहस पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज पनि चितवन अदालतमा उपस्थित गराइँदै छ ।
सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुखसहित पाँच जना पक्राउ
सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुखसहित पाँच जना पक्राउ सहकारी रजिष्ट्रार कार्यालय पोखराले गरेको छानबिनका क्रममा उक्त सहकारीका बचतकर्ताहरूको रकम दुरुपयोग गरेको भेटिएको र आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई प्रतिवेदन पठाएको थियो । त्यसै आधारमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।      
रवि लामिछानेको थुनछेक बहस आज पनि सकिएन
रवि लामिछानेको थुनछेक बहस आज पनि सकिएन बिहीबार बिहानदेखि सुरु भएको थुनछेक बहस आज पनि नसकिएपछि आइतबार १०:३० बजे उपस्थित हुनेगरी लामिछानेलाई परिवार र कानुन व्यवसायीको जिम्मामा पठाइएको जिल्ला अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए । 
रविलाई आज पनि अदालत लगिने, छुट्ने वा नछुट्ने न्यायाधीशको भर
रविलाई आज पनि अदालत लगिने, छुट्ने वा नछुट्ने न्यायाधीशको भर कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले काठमाडौंमा पनि बयान लिइरहेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिए पछि सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो ।
लेखा समिति सभापतिकी श्रीमती अञ्जलालाई १० लाख धरौटीमा छाड्न आदेश
लेखा समिति सभापतिकी श्रीमती अञ्जलालाई १० लाख धरौटीमा छाड्न आदेश जिल्ला अदालत मोरङले सहकारी ठगी प्रकरणमा जोडिएकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमतीलाई धरौटीमा छाड्न आदेश दिएको छ । अदालतले अञ्जला कोइरालालाई धरौटीमा छाड्न आदेश दिएको हो । 
Weather Update