कोशी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि देशका विभिन्न सहरमा रोड सो
आइतबार, असार १५, २०८२
रोड सो कार्यक्रमहरूमा कोशी टप्पु वन्यजन्तु आरक्ष, धरानको विजयपुर, ताप्लेजुङको पाथीभरा मन्दिर, इलामको चिया बगान, विराटनगरको ऐतिहासिक स्थल, सङ्खुवासभाका पर्यटकीय स्थल, तेह्रथुमका पर्यटकीय स्थल लगायत थुप्रै पर्यटकीय क्षेत्रहरूको प्रचार गरिएको छ । कार्यक्रममा स्थानीय संस्कृति, रहनसहन, र कोशी प्रदेशको मौलिक परिकारहरूलाई समेत विशेष प्राथमिकता दिइएको कोशी प्रदेश पर्यटन वर्ष मूल आयोजक समितिका सदस्य एवं पर्यटनकर्मी बासुदेब बरालले बताए ।
साताको लोकप्रिय