कुनै पनि स्रष्टा राजनीतिक दलको दास वा झोले हुनु राम्रो होइन: माधव वियोगी
मंगलबार, असार १०, २०८२
दलको झण्डामनि ओत लाग्ने वा दास बनेर पदधारण गर्ने प्रवृत्तिको विरोध गर्दै जानुपर्छ । त्यसो भयो भने एक दिन स्वतन्त्र र स्तरीय लेखनको मात्र पालो आउनेछ,नयाँ युगको आरम्भ अवश्य हुनेछ । त्यसैगरी नयाँ लेखकले काव्य संस्कृतिको रक्षार्थ धेरै काम गर्नुपर्छ,जुन विधामा लागिएको छ– त्यही विधाको वास्तविकताको अध्ययन गरेरमात्र साधनामा जुट्नुपर्छ । नयाँ विधा जन्माउनुभन्दा चालू विधालाई परिपाक पार्न तर्फ ध्यान दिनुपर्छ ।
साताको लोकप्रिय