ललितपुर महानगरको चौथो उद्यमी सम्मेलन, उद्यमी महिलाको हौसला बढाउन सम्मान
मंगलबार, असार ३, २०८२
रोजगारी, उत्पादन र बजारीकरण देश र पालिकाको प्रगतिको सूचक भएको उनको भनाइ छ । मन्त्री भण्डारीले सभ्यतासँग जोडिएको उत्पादनलाई ब्रान्डिङ गर्नुपर्ने बताउँदै हस्तकलालाई प्राथमिकतामा राख्नुपर्ने प्रष्ट पारे । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्योग र उद्यमीसँग सम्बन्धित ३१ वटा बुँदाहरू समेटिएको बताउँदै मन्त्रालयले उद्यमशीलता प्रवर्द्धन गर्न र उद्यमीलाई प्रेरित गर्न न्यून ब्याजदरमा ऋण उपलब्ध गराएको बताए । उत्पादकत्वमा वृद्धि गरेर मुलुकको अर्थतन्त्र विकास गर्न उनले जोड दिए ।