चैते धान खरिद नगरे आन्दोलन गर्ने किसान महासंघको चेतावनी
आइतबार, असार १, २०८२
चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २८६९ रुपैयाँ तोकिए पनि किसानले बजारमा सरदर प्रतिक्विन्टल १६२५ रुपैयाँमै धान बिक्री गर्न बाध्य भएको महासंघको आरोप छ । धान सड्ने र कुहिने अवस्थामा पुगेको भन्दै किसानहरू आन्दोलनमा उत्रिएको तर सरकार र प्रशासनले चासो नदिएको जनाइएको छ ।