५५ किलोमिटर दुरीको शैलुङ अल्ट्रा रेसको उपाधि तिलक सुनुवारलाई
आइतबार, असार १, २०८२
शैलुङ अल्ट्रा रेसको तेस्रो संस्करण शनिबार सम्पन्न भएको छ । सुनापति सैलुङ अल्ट्रा म्याराथन दौड समितिको आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा महिला र पुरुष खुल्ला ५५ किमी र पाँच किमी दौड समावेश गरिएको थियो ।