भाषाको प्रकृति र प्रवृत्ति नबुझी पछाडि फर्कन खोज्नेहरू प्रतिगामी र अराष्ट्रवादी हुन् : प्रा.डा.हेमनाथ पौडेल
मंगलबार, जेठ २७, २०८२
राजनीतिक दलले बोकेको विचार राम्रो छ र त्यसले समाज र राष्ट्रलाई फाइदा पुर्याउँछ भने त्यसलाई सहयोग गर्नु गलत होइन नि । निरपेक्ष भन्ने चीज संसारमा केही पनि हुँदैन, सबै कुरा सापेक्ष नै हुन्छन् । तपाईंले विश्वको र नेपाली साहित्यकै पनि इतिहासलाई पल्टाएर हेर्नुभयो भने युगीन राजनीतिक घटनाले साहित्यलाई प्रत्यक्ष प्रभाव पारिरहेकै पाउनुहुन्छ र साहित्य पढ्दा अन्तर्यमा राजनीति पनि पाइन्छ ।