दरबार हत्याकाण्डको २४ वर्ष : ठूला दलहरू नै घटनाको निष्पक्ष छानबिन चाहँदैनन् !
सोमबार, जेठ १९, २०८२
उक्त घटनाबारे २४ वर्ष पुरा हुँदा पनि सत्य तथ्य सार्वजनिक भएको छैन । घटनापछिका हरेक सरकारहरूले दरबार हत्याकाण्डको रहस्य पत्ता लगाएरै छाड्ने आश्वासन दिँदै आएका छन् । दर्जनौँ पटक सरकार परिवर्तन हुँदा पनि आजसम्म घटना रहस्यकै गर्भमा छ ।