इटहरीस्थित तिरुपति प्लाइउड उद्योगमा गएरातिदेखि लागेको आगो अझै नियन्त्रणमा आएन
बुधबार, जेठ १४, २०८२
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार आगो नियन्त्रणका लागि मोरङ र सुनसरीका विभिन्न स्थानीय तहका एक दर्जन दमकल बिहानैदेखि खटिएका छन् । दमकल टोलीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षाकर्मी पनि आगो नियन्त्रणमा जुटेका छन् ।