प्रतिपक्षी दलले गरे अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव
बुधबार, फागुन २१, २०८१
माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जोशीको प्रस्तावलाई समर्थन गर्दै अध्यादेश अस्वीकारको पक्षमा हुन सबैलाई आग्रह गरे। ‘स्वीकार गरियोस् यसका लागि सबै सदनसमक्ष सभामुखमार्फत माग गर्दछु। यो किन माग गर्छु भने संसद्को बैठक बोलाउन सकिने वातावरण हुँदा हुँदै अध्यादेश ल्याउनु आपत्तिजनक छ,’ पाण्डेले भने, ‘कानुन विधेयकको रुपमा अर्थ समितिमा पेस गरेकै छ। फिर्ता पनि लिइएको छैन। जसरी अध्यादेश ल्याएको छ सरकारले सदनलाई अपमान गरेको छ।’