Harsamaya
पहाडी भागमा हल्का वर्षाको सम्भावना
पहाडी भागमा हल्का वर्षाको सम्भावना आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने...
कोशी र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
कोशी र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको र यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
सुदूरपश्चिम, कर्णाली, गण्डकी  र कोशी प्रदेशमा वर्षाको सम्भावना
सुदूरपश्चिम, कर्णाली, गण्डकी  र कोशी प्रदेशमा वर्षाको सम्भावना आगामी २४ घण्टामा सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना  छ ।  कोशी , बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान  तथा बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन,...
आजको मौसमः कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागमा हिउँ पर्ने
आजको मौसमः कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागमा हिउँ पर्ने देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै बिहानीपख तराईका थोरै भू-भागहरुमा हुस्सु र कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले...
आजको मौसम : कोशी, मधेश, बागमती  र गण्डकी प्रदेशमा  आंशिक वर्षात् को सम्भावना
आजको मौसम : कोशी, मधेश, बागमती  र गण्डकी प्रदेशमा  आंशिक वर्षात् को सम्भावना साथै बाँकी भू–भागमा आंशिक बदलीदेखि  मौसम मुख्यतया सफा रहेको छ भने तराईका भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो लागेको छ । बुलेटिनमा आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उल्लेखछ । 
आजको मौसम : पाँच प्रदेशमा हिमपात हुने
आजको मौसम : पाँच प्रदेशमा हिमपात हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
तराईमा हुस्सु र कुहिरो
तराईमा हुस्सु र कुहिरो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।अन्य प्रदेशको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभर मौसम सफा रहने पूर्वानुमान
देशभर मौसम सफा रहने पूर्वानुमान हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।
हुस्सु–कुहिरो लागेको छ, स्वास्थ्य सतर्कता अपनाउनु होला
हुस्सु–कुहिरो लागेको छ, स्वास्थ्य सतर्कता अपनाउनु होला पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । 
Weather Update