राष्ट्रपति पौडेलले भानु साहित्य उद्यानको शुभारम्भ गर्ने
सोमबार, भदौ ९, २०८२
राष्ट्रपति पौडेलको परिकल्पना र पहलमा चुँदी रम्घालाई नेपाली भाषा, साहित्य र संस्कृतिको तीर्थस्थलका रूपमा रूपमा विकास गर्ने लक्ष्यसहित भानु साहित्य उद्यान गुरुयोजना निर्माण हुँदै छ । सो उद्यानमा सातै प्रदेशका प्रसिद्ध धाम झल्कने संरचना र विभिन्न भाषा भाषीका मूर्धन्य साहित्यकारहरूको शालिक राख्ने योजना छ ।
भियतनामकी उपराष्ट्रपतिले गरिन पाटन दरबारको भ्रमण
सोमबार, भदौ ९, २०८२
उनलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरी बाबु महर्जनले भ्रमण गराएका थिए । उनी आजै स्वदेश फर्किने छिन् । उनलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले विदाई गर्नेछन् ।
वीरगञ्जमा हैजाको त्रास, ९३ जनामा संक्रमण पुष्टि
सोमबार, भदौ ९, २०८२
सबैभन्दा बढी सङ्क्रमित भेटिएको नारायणी अस्पताल र तराई अस्पताल दुवैको तथ्याङ्क डर लाग्दो छ । यहाँ मात्र ३२–३२ बिरामीमा हैजा देखिएको छ । यस्तै नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पताल, वीरगञ्ज हेल्थ केयर र मङ्गलम प्याथोलोजीमा ३–३ जनामा संक्रमण भेटिएको छ ।
जनकपुरधाममा निजी विद्यालय सञ्चालकहरूद्वारा प्रदर्शन
सोमबार, भदौ ९, २०८२
संघीय शिक्षा ऐनको निजी विद्यालय सम्बन्धी केही प्रावधान तत्काल सच्याउन माग गर्दै निजी विद्यालयहरूको सङ्गठन प्याव्सन, नेपाल प्याब्सन, हिसान र अपेनको प्रदेश समितिले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन् ।
स्वदेश फर्किँदै भियतनामकी उपराष्ट्रपति सुआन
सोमबार, भदौ ९, २०८२
उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन् । यो वर्ष नेपाल र भियतनामबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको थियो ।
एमसीसी सम्झौता नेताहरूले राष्ट्रप्रति गरेको भयानक घात हो : खनाल
सोमबार, भदौ ९, २०८२
१३ वटा कागजात त मैले पनि समाते तर पढ्न भने पाएको छैन । भनेपछि हरेक दस्ताबेजमा लेखिएको के छ भने अमेरिकी सुरक्षा स्वार्थलाई ध्यानमा राखी भन्ने वाक्य कतै छुटेको छैन । प्रत्येक दस्ताबेजमा त्यो किन लेख्नुपर्यो, यो अत्यन्तै आत्मघाती कुरा छ र देशका नेताहरूले राष्ट्रप्रति गरेको भयानक घात वा राष्ट्रघात...
आन्दोलनमा उत्रिए कवाड व्यवसायी, बालेनले १५ करोड लिएको आरोप
सोमबार, भदौ ९, २०८२
कवाड आन्दोलन संघर्ष समितिका संयोजक रामकेवल गुप्ताले कवाड व्यवसायीहरूलाई हटाउन काठमाडौं महानगरका मेयर बालेन साहले १५ करोड रुपैयाँ टोकन मनी थापेको आरोप लगाए । उनले आफूहरू संवैधानिक अधिकार र सरकारको कानुनभित्र बसेर कर तिरिरहेको बताए ।
प्रहरी र राष्ट्रिय अनुसन्धानलाई मधेश प्रदेश सरकारद्वारा सवारी साधन हस्तान्तरण
सोमबार, भदौ ९, २०८२
उनले अन्य सबै मन्त्रालयहरूको तुलनामा सबैभन्दा कम बजेट गृह मन्त्रालयको रहँदा पनि जनताको सुरक्षा र कानुनको पालना गर्न सबैलाई सहज हुने हिसाबले स्रोत साधनमा लगानी गर्दै आएको जानकारी दिए ।
इन्द्रजात्राको लागि यःसिं लिन मानन्धर अगुवाहरु वन प्रस्थान
सोमबार, भदौ ९, २०८२
यस वर्षको इन्द्रजात्राको लागि समितिले दिएको साइतअनुसार आज सोमबार राती ९:०३ को साइतमा वृक्ष कर्तन गरिनेछ । यसभन्दा अघि यःसिंको लागि छानिएको सल्लाको रुखमा विधि परम्पराअनुसार कालो बोकोसहित पूजा गरिनेछ ।
बर्दियामा ४८ लाख बराबरको इलेक्ट्रिक भेप बरामद
सोमबार, भदौ ९, २०८२
स्पेशम्यान एसपी चालिस हजार नामक विद्युतीय चुरोटको बजार मूल्य प्रति थान दुई हजार पाँच सय रहेको छ । सशस्त्र प्रहरी ३१ नं गणका प्रहरी उपरीक्षक मानबहादुर शाहीका अनुसार पक्राउ परेको चुरोटको मूल्य ४८ लाख पाँच हजार रहेको छ ।
ओलीले प्रधानमन्त्री छाड्छु भनेर कांग्रेसलाई सम्झाइरहनु भएको छ : गगन थापा
सोमबार, भदौ ९, २०८२
उनले भने, ‘डर र लोभ दुई वटा कुराबाट हामी मुक्त नभई अगाडि बढ्न सक्दैनौँ । काङ्ग्रेस अहिले ०८४ को चुनावमा के हुन्छ भन्ने चिन्ताबाट मुक्त हुनुपर्छ । काङ्ग्रेस केबाट पनि मुक्त हुनुपर्छ भने अलि पछाडि प्रधानमन्त्रीको जिम्मेवारी आउँछ भनेर ओलीले जुन कुरा भन्नु हुन्छ नि, हामीले बिर्सिए पनि सम्झाउनु हुन्छ...
नकारात्मक मानसिकता परित्याग गर्न अध्यक्ष नेपालको आग्रह
सोमबार, भदौ ९, २०८२
उनले कोही निराशावादीले कम्युनिष्ट पार्टी नै हुँदैन भन्ने भ्रम समेत बाँडेको भन्दै आशावादी भएर अगाडि बढ्न सकिने बताए । उनले पार्टीभित्र सकारात्मक सन्देश मात्र दिने काम गर्नुपर्ने भन्दै पार्टी कमिटीभित्रको कुरा आन्तरिक मामिला बनाउनुपर्ने बताए ।
मातृ–शिशु स्वास्थ्यसम्बन्धी चेतनाका लागि देउडा गीत दान बहादुर बुढा
सोमबार, भदौ ९, २०८२
मातृ शिशुको स्वास्थ्य सुधारको लागि कस्ता खानेकुरा खाने, स्वास्थ्य संस्थामा उपचार कसरी लिने, व्यक्तिगत तथा सामूहिक, सामुदायिक स्वास्थ्य सरसफाइ कसरी गर्ने जस्ता सन्देशमार्फत सांस्कृतिक देउडा प्रतियोगिता आयोजना गरिएको हो ।
साताको लोकप्रिय

