Harsamaya
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा चल्यो डोजर
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा डोजर ।

काठमाडौं - सरकारले भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्ती डोजर चलाएको छ ।

सरकारले भक्तपुरको मनोहरा खोला किनारमा बनाइएको अनधिकृत संरचनामाथि आइतबार बिहान डोजार चालाएको हो । काठमाडौं महानगरपालिकाको डोजरसहितको टोलीले घर टहरा भत्काउन सुरु गरेको हो ।

शनिबार साँझ नै भत्काउन थालेको बस्ती स्थानीयको अवरोधका कारण रोकिएका थियो । आज थप सुरक्षा सतर्कतासहित घरटहराहरु भत्काउन थालिएको हो ।

सरकाले शनिबार काठमाडौं महानगरपालिकाको थापाथली, गैरीगाउँ र शान्तिनगरका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा बनाइएका संरचना भत्काएको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख १३, २०८३  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update