कल्पना खड्काले भावुक हुँदै भनिन, ‘काँग्रेस पदाधिकारी र केन्द्रीय सदस्यहरूले म माथि दुर्व्यवहार गरे’
सोमबार, चैत ११, २०८१
संघको चैत ८ र ९ गते भएको प्रथम महाधिवेशनको चुनावी प्रक्रियामा लफडा भएको थियो । निर्देशन समितिका संयोजक मधु आचार्यले अध्यक्षका उम्मेदवारद्वयलाई प्रहरी घेरामा राखी निर्वाचन प्रक्रिया अगाडि बढाएका थिए । उनले प्रहरी बलको दुरुपयोग गरी निहत्था अपांगहरूमाथि अत्याचार गरेको भन्दै काँग्रेसवृतमा विरोध भएको छ ।
अपांग संघको निर्वाचनमा धाँधली गरेको भन्दै अध्यक्षका उम्मेदवारद्वयले पत्रकार सम्मेलन गर्ने
सोमबार, चैत ११, २०८१
उनले भनेकी छिन्, ‘हामी २ जना अध्यक्षका उम्मेदवार कल्पना खड्का र बिकास थापा सहभागी नभएको चुनावी प्रक्रियाको सम्बन्ध र अबको हाम्रो राजनीतिक योजनाको बारेमा आज दिउँसो ३.३० बजे रिपोर्टस क्लबमा पत्रकार सम्मेलनमा सहभागी भैइदिनुहुन सम्पुर्ण पत्रकारज्युहरुमा हार्दिक अनुरोध गर्दछौं । जय नेपाल ।’
पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
सोमबार, चैत ११, २०८१
यसैगरी बिहान ११ बजे नै बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्य प्रगति एवं आगामी आर्थिक बर्षको कार्यक्रम,योजना र रणनीति सम्बन्धमा छलफल हुने कार्यसूची छ ।
उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित वितरण आवश्यक : मन्त्री खड्का (भिडियोसहित)
आइतबार, चैत १०, २०८१
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले कुनै उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित वितरण भएको छ कि छैन भन्ने कुरामा ध्यान दिन आवश्यक रहेको बताएका छन् ।
संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय (भिडियोसहित)
आइतबार, चैत १०, २०८१
नेपाली काङ्ग्रेसले संविधानको पक्षमा दृढताका साथ उभिने निर्णय गरेको छ ।
मन्त्री प्रकाशमानमाथि खनिए मेयर बालेन
आइतबार, चैत १०, २०८१
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई आक्रोशित गर्दै सामाजिक सञ्जालमा एक पोस्ट लेखेका छन् ।
जनतालाई भ्रम फिँजाउने कुचेष्टा नगर्न राजावादीहरूलाई शंकर पोखरेलको चेतावनी
आइतबार, चैत १०, २०८१
पोखरेलले माओवादीको सशस्त्र द्वन्द्वको निशान राजा नभएर कांग्रेस र एमाले भएको बताए। माओवादीलाई सशस्त्र द्वन्द्वको बेला कसले पालन पोषण गरेका थिए भन्ने कुरा प्रमाणित हुँदै गएको उनले बताए । राजावादी र भारतीयहरू माओवादीलाई हामीले संरक्षण गरेका थियौँ भन्दै हिँड्न लागेको पोखरेलले स्मरण गरेका छन् ।
अपाङ्ग संघको चुनावी लफडा : तत्काल मत गणना र प्रक्रिया रद्द गर्न अलग अलग माग
आइतबार, चैत १०, २०८१
संघका अध्यक्ष उम्मेद्वार कल्पना खड्का र विकास थापाले आफूहरूलाई प्रहरीको घेरामा राखी अध्यक्ष पदका अर्का उम्मेद्वार माधवप्रसाद चम्लागाईंले आफ्नो नाममा मात्र एकलौटी निर्वाचन गराएको आरोप लगाएका छन् ।
कांग्रेस सर्लाही सभापतिलाई बर्खास्त गर्न माग गर्दै सानेपामा धर्ना
आइतबार, चैत १०, २०८१
कांग्रेस सर्लाहीले सर्वोच्च अदालतले भ्रष्टाचारमा दोषी प्रमाणित गरि सजाय तोकेका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहलाई नेपाली काँग्रेसको नवौ संशोधित विधान २०७५ को परिच्छेद २ को दफा १३ को (ङ) र राजनीतिक दल सम्बन्धी ऐन २०७३ को परिच्छेद ३ को (ख) बमोजिम बर्खास्त गर्नुपर्ने माग राखेको छ ।
संसदीय छानबिन समिति गठनको माग गर्दै मधेश प्रदेशसभा अवरुद्ध
आइतबार, चैत १०, २०८१
त्यस्तै उनले मन्त्रालयबाट आउने बजेटको पत्र सचिवालयमार्फत किन र कसरी आउन लागेको भन्ने विषयमा छानबिन हुनुपर्ने र त्यसका लागि संसदीय छानबिन समिति गठन हुनुपर्ने मागसहित सदन अवरुद्ध गरेका छन् ।
एमसीसीले निरन्तरता पाउने, युएसएआइडी अनुदान भने अनिश्चित
आइतबार, चैत १०, २०८१
अमेरिकाको वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला त्यहाँको सरकारले एमसिसी नेपाल कम्प्याक्टअन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको एमसिए नेपालले जनाएको छ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
आइतबार, चैत १०, २०८१
कार्यसम्पादन समितिको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारको कामकारबाहीको समीक्षा र पार्टीको भावी रणनीति लगायतका विषयमा छलफल हुने बताइएको छ ।
संघीय संसदका दुई समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
आइतबार, चैत १०, २०८१
बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुने जनाइएको छ ।
साताको लोकप्रिय

