जसपा नेपालको धनुषा जिल्ला अध्यक्षमा पुनः पशुपति
सोमबार, वैशाख २९, २०८२
जनता समाजवादी पार्टी नेपाल धनुषाको अध्यक्षमा पशुपति यादव पुनः दोहरिएका छन् ।
बुद्धको दिव्य ज्ञानलाई अँगाल्दै अगाडि बढेमा शान्ति र समृद्धि प्राप्त
सोमबार, वैशाख २९, २०८२
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्व विकास र शान्तिको खोजीमा रहेको भन्दै गौतम बुद्धको दिव्य ज्ञानलाई अँगाल्दै अगाडि बढेमा शान्ति र समृद्धि प्राप्त हुने बताएका छन् ।
बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् : प्रधानमन्त्री ओली
सोमबार, वैशाख २९, २०८२
सोमबार २५६९ औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् भनि शुभकामना दिएका हुन् । ‘अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार– यिनै हुन् गौतम बुद्ध’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
कमल थापा पनि पुगे लिङ्देनको पार्टी कार्यालय, के के भयो निर्णय ?
आइतबार, वैशाख २८, २०८२
बैठकमा राष्ट्रिय शक्ति नेपालकोसमेत जबरजस्त प्रतिनिधित्व रहेको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठकले जेठ १५ गते प्रारम्भ हु
हर्क साम्पाङलाई लोकतन्त्रमा फुलेको सुन्दर फूल भन्छु तर घरीघरी उहाँलाई के हुन्छ, हुन्छः प्रचण्ड
आइतबार, वैशाख २८, २०८२
उनले माओवादी नेतृत्वको जनयुद्ध र जनआन्दोलनको संयोजनबाट प्राप्त उपलब्धिहरू समेट्दै जनताको साथमा निर्माण गरिएको संविधानलाई संशोधनमार्फत अझ समावेशी समाजवादतर्फ उन्मुख बनाउने अभियानमा साथ दिन आह्वान गरे ।
सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
आइतबार, वैशाख २८, २०८२
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्न र हालेका संशोधनका बारेमा जबाफ दिए पछि सो बहुमतले पारित गरिएको छ ।
नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पनि पारित
आइतबार, वैशाख २८, २०८२
वैशाख १९ गते बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यसअघि आज नै प्रतिनिधिसभाबाट पनि नीति तथा कार्यक्रम पारित भएको थियो ।
म मेयर होइन, विराटनगरको मात्रै चिन्ता लिनेः प्रधानमन्त्री
आइतबार, वैशाख २८, २०८२
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले उठाएको प्रश्नको जवाफ दिँदैं सो धारणा राखेका हुन् ।
यस्तो छ,संसदमा प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
आइतबार, वैशाख २८, २०८२
प्रस्तुत नीति तथा कार्यक्रममाथि माननीयज्यूहरूबाट प्राप्त संशोधन प्रस्तावहरूलाई मननयोग्य सुझावका रुपमा ग्रहण गर्दै धन्यवाद दिन चाहन्छु । ती सुझावहरुलाई आगामी जेठ १५ गते यस सम्मानित संसदमा प्रस्तुत गरिने वार्षिक बजेट वक्तव्यमा समेट्ने विश्वास समेत दिलाउन चाहन्छु ।
कालीगण्डकीमा भएको दोहन तत्काल रोक्न सांसद केसीको माग (भिडियोसहित)
आइतबार, वैशाख २८, २०८२
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गिटी उत्खनन् नरोके कालीगण्डकीको करिडोरको बाटो समेत भासिने सम्भावना रहेको भन्दै तत्काल रोक लगाउन माग गरे ।
विमानस्थलमा यात्रुहरूलाई अपराधीको रूपमा व्यवहार गरिन्छ : ढकाल
आइतबार, वैशाख २८, २०८२
उनले भने,‘त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको सुधारको गर्नको लागि ध्यानाकर्षण गराउन चाहन्छु । अध्यागमन प्रविधि मैत्री पनि छैन । आधुनिक पनि छैन । यात्रुहरूलाई अपराधीहरूको रूपमा व्यवहार गरिन्छ । यात्रीहरूले एक घण्टासम्म लगेज प्राप्त गर्न सक्नुहुन्न । भन्सारमा यात्रीहरूलाई अनावश्यक दुःख दिइन्छ । विशिष्ट कक्ष भनिए पनि कालो चियाको व्यवस्था छैन...
पुलको टेन्डर गर्ने तर पूरा नगर्ने सरकारको प्रवृत्ति छ : सांसद सिंह
आइतबार, वैशाख २८, २०८२
उनले भने,‘बागमती नदीको दुई वटा पुल झण्डै १५–१६ वर्षमा पनि बन्न सकेको छैन । २०६६ सालमा माधव कुमार नेपाल प्रधानमन्त्री हुँदादेखि शिलान्यास गरेको हुलाकी राजमार्ग अन्तर्गतको पुल अहिलेसम्म बनेको छैन । अझै १० –१५ वर्ष लाग्ने देखिन्छ । सरकारको त्यसमा कुनै ध्यान छैन ।’
पेट्रोलियम पदार्थमा निर्भर रहँदा अर्थतन्त्र प्रभावित भयो : असिम शाह
आइतबार, वैशाख २८, २०८२
यस सन्दर्भमा, विद्युतीय सवारीसाधनको प्रवद्र्धन र प्रोत्साहनमार्फत वैदेशिक मुद्रा बचत गर्नुका साथै वातावरणीय दुष्प्रभाव न्यूनीकरण गरी दिगो आर्थिक तथा पर्यावरणीय समृद्धि हासिल गर्न सक्ने सम्भावना देखिन्छ । उक्त सम्भावनालाई मूर्त रुप दिन निम्न प्रस्तावहरूमा सरकार गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । ’
साताको लोकप्रिय

