Harsamaya
सर्लाही कांग्रेस सभापति सुरेन्द्रप्रसाद सिंहले राजीनामा दिए
नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंह ।

काठमाडौं - नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले पदबाट राजीनामा दिएका छन्। 

सिंहमाथि भ्रष्टाचार मुद्दामा अदालतले दोषी ठहर गरेको थियो। अदालतको दोषी ठहर हुनुको बाबजुद पनि उनको पदमा रहिरहेकाले पार्टीभित्रैबाट राजीनामा माग भइरहेको थियो।

विशेष अदालतले २०७१ पुस २५ गते मनुसमरा सिँचाइ आयोजना क्षेत्रमा रुख कटान गर्दा भ्रष्टाचार गरेको ठहर गरेको थियो। सिंहले सभापति शेरबहादुर देउवालाई केन्द्रीय कार्यालयमार्फत शुक्रबार आफ्नो राजीनामा बुझाएका हुन्।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, सिंहले राजीनामा पत्रमा अदालतको निर्णयलाई सम्मान गर्ने तर व्यक्तिगत रूपमा अन्याय भएको ठान्ने बताएका छन्। उनले कानुनी र न्यायिक लडाइँ जारी राख्ने र राजनीतिक रूपमा पनि सक्रिय रहने बताएका छन्।

सिंह दुई कार्यकालसम्म सर्लाहीको उपसभापति रहिसकेका छन् र २०७८ साल फाल्गुण २९ गते जिल्ला सभापतिमा निर्वाचित भएका थिए।

surendra-1755859307.jpeg
 

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १६:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update