काठमाडौं - आज २०८२ भदौ ३ गते मंगलबार। आजको दिन १२ राशीका जातकहरूमाझ अलग-अलग अनुभव र अवसर लिएर आएको छ।
मेष : तपाईँलाई भेटघाट र रमाइलोमा समय बित्नेछ। बोलीचालीमा मिठास आउनेछ। पढाई लेखाइमा रुचि बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबिच घर सल्लाह भने नमिल्न सक्छ । साथीभाइसँग मन प्रसन्न रहनेछ ।
वृष : व्यापार व्यवसायबाट लाभ मिल्नेछ। भोज भतेरमा जाने अवसर मिल्नेछ। साथीभाइको सहयोगमा महत्त्वपूर्ण काममा सफलता मिल्नेछ। व्यापार व्यवसायमा प्रशस्त फाइदा हुने योग रहेको छ । दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा पनि प्रगति हुने समय छ ।
मिथुन : शैक्षिक क्षेत्रमा गरेको लगानीबाट लाभ मिल्नेछ। बोलेको काममा सफलता मिल्नेछ। गरेको कामको उचित मूल्याङ्कन हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइ लेखाइमा प्रगति हुनेछ ।
कर्कट : जागिरमा पदोन्नति हुने समय छ। बौद्धिक काममा सफलता मिल्नेछ। स्वास्थ्यमा भने केही समस्या आउने देखिन्छ। रोकिएका अधुरा कामहरू सुचारु हुनेछन् । धेरैले तपाईँका कामको तारिफ गर्नेछन् । लामो समयपछि साथीभाइसँग भेट हुँदा मन प्रसन्न रहनेछ । आफ्नो स्वास्थ्य बारेमा चिन्ता नगर्नुहोस्।
सिंह : धार्मिक र सामाजिक काममा व्यस्त रहनुपर्नेछ। सामाजिक मान सम्मान मिल्नेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। समाजमा मान सम्मान र प्रतिष्ठा कमाउने बेला छ । स्वास्थ्यमा सुधार आउनेछ । धार्मिक काममा व्यस्त रहनुपर्नेछ । रमाइलोमा समय बित्नेछ । तपाईँहरू कसैलाई आज महत्त्वपूर्ण निर्णय लिन बाध्य हुनु पर्ने हुन सक्छ ।
कन्या : धार्मिक ऐतिहासिक ठाउँको भ्रमण हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। तपाइको मेहनत र इमानदारिताको अरूले प्रशंसा गर्नेछन्। सुख दुखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । आफन्तको सहयोगले महत्त्वपूर्ण कामहरू सफल हुनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । कार्यक्षेत्र शुभचिन्तकहरूको साथ मिल्नेछ। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि पाउन सङ्घर्ष गर्नुपर्ला।
तुला : धार्मिक ऐतिहासिक ठाउँको भ्रमण हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। तपाइको मेहनत र इमानदारिताको अरूले प्रशंसा गर्नेछन्। सोचेको आटेको कामहरू बन्नेछन् । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा बदलिने छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ।
वृश्चिक : सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ। साथीभाइसँग रमाइलोमा समय बित्नेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ। सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । अवसरवादीहरूले अवसरको फाइदा उठाउन चेष्टा गर्लान्।
धनु : सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ। पारिवारिक सुख मिल्नेछ। शुभ समाचार सुन्न पाइनेछ। कलात्मक क्षेत्रमा राम्रो छ। नयाँ काम गर्ने अवसर मिल्नेछ । सामाजिक मान सम्मान र प्रतिष्ठा बढ्नेछ । जागिरमा पदोन्नति हुनेछ । राजनीतिमा आफ्नो वर्चस्व बढाउन सकिनेछ । सामान्य कार्यमा पनि धेरै धन वा श्रम खर्च गर्नुपर्ला। प्रतिकूल परिस्थिति भएता पनि लक्ष्यको प्राप्ति हुनेछ।
मकर : अध्ययन अध्यापनमा सफलता मिल्नेछ। भाग्य बलियो रहनेछ। परोपकारी काममा रुचि बढ्नेछ। मन उत्साहित हुनेछ। परोपकारी काममा रुचि बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। साथीभाइसँग रमाइलोमा समय बित्नेछ । साझेदारी व्यापारबाट लाभ आर्जन गर्न सकिनेछ।
कुम्भ : नोकरीमा उतारचढाव आउनेछ। परिवारको सहयोगले महत्त्वपूर्ण काममा सफलता मिल्नेछ। जग्गा जमिनको कामबाट लाभ मिल्नेछ। सहयोगीहरूले काममा साथ दिनेछन् । आँटेका काम पनि सजिलै बन्नेछन् । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । नोकरी वा पेसामा सहयोगीहरूले राम्रो सहयोग दिनेछन्।
मीन : अध्ययन अध्यापनमा सफलता मिल्नेछ। रोकिएका कामहरू सुचारु हुनेछन्। रमाइलो यात्राको योग रहेको छ। स्वास्थ्यमा समस्या देखिनेछ। साथीभाइसँग भेट हुँदा मन प्रसन्न रहनेछ । व्यापार व्यवसायमा प्रशस्त लाभ मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । सामूहिक कार्यमा सबैको सल्लाह लिनुहोला। बोलीको भरमा कार्य सिद्ध गर्न सकिनेछ। लोभमा आएर गलत निर्णयहरू नलिनुहोला।

