राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं - सङ्घीय संसद राष्ट्रियसभाको बैठक बस्दै छ । बिहान ११ः४५ बजे बस्ने आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०-८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची छ ।
यस्तै राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘सात वटै प्रदेश स्तरमा आयोजित निर्वाचक मण्डलहरूसँगको समन्वय बैठकको एकीकृत प्रतिवेदन’ सभासमक्ष टेबुल गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२ ०८:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय