
काठमाडौं - मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास रहे पनि बिस्तारै दक्षिणतर्फ सर्ने देखिन्छ । फलस्वरूप, नेपालमा मनसुन केही कमजोर हुँदै जाने रहेता पनि हाल बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव भने रहेको देखिन्छ ।
सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। मौसम पुर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राती भने कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।