
काठमाडौं - पछिल्ला केही दिनदेखि सेयर बजार ओरालो लागि रहेको छ । बुधबार नेप्से परिसुचक १०.५० अंकले घटेर २७८५.७४ बिन्दुमा पुगेर रोकिएको छ । यसअघि मंगलबार नेप्से परिसुचक २७९६.२४ बिन्दुमा पुगेर बन्द भएको थियो । नेप्से निरन्तर रुपमा ओारालो लाग्दा कारोबार रकम पनि घट्दै गएको छ ।
आज कुल ३२१ स्टकको ६ अर्ब १६ करोड १८ लाख ९४ हजार ७३४ रुपैयाँ बराबरको १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता सेयर कारोबार भएको छ । मंगलबार ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार ५०७ रुपैयाँ बराबरको १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता सेयर कारोबार भएको थियो । आज सेन्सेटिभ इन्डेक्स १.६१ अंकले घटेको छ । फ्लोट इण्डेक्स ०.६९ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.६५ अंकले घटेको छ ।
यसदिन मायाखोला हाइड्रोपावरको सेयर मूल्य २५.०५ रुपैयाँले बढेर ४६१.१३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । सानीमा लार्ज क्याप फण्डको सेयर मूल्य प्रतिकित्ता ०.४६ रुपैयाँले बढेर ११.११ रुपैयाँमा अन्तिम कारोबार भएको छ । नेपाल रिपब्लीक मिडिया लिमिटेडको सेयर मूल्य प्रतिकित्ता १७.३६ रुपैयाँले बढेर ४९२.१५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी सप्तकोशी विकास बैंकको सेयर मूल्य प्रतिकित्ता २७.९७ रुपैयाँले बढेर ८६८.१७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन कुमारी बैंकको डिबेन्चरको मूल्यमा नकारात्मक सर्किट लागेको छ । यसको मूल्य प्रतिकित्ता ११७ रुपैयाँले घटेर १११७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । सिकलेस हाइड्रोपावर कम्पनीको सेयर मूल्य यसदिन प्रतिकित्ता ७४.५५ रुपैयाँले घटेर ९५७.९६ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
बलेफी हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता ७.२४ रुपैयाँले घटेर २०२.३५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसदिन बलेफी हाइड्रोपावर, युनाइटेड मोदी इनर्जी, सिव्म सिमेन्ट, नेपाल रिइन्स्योरेनस लिमिटेड र एनआरएन इन्फ्रास्टक्चरको सेयर सबैभन्दा धेरै कारोबार भएको छ ।