Harsamaya
स्थापना दिवसमा फोनिजको सेवा भावना : रक्तदानमा जेलका कैदीदेखि समाजसेवीसम्म
रक्तदान गर्दै सुरक्षाकर्मी ।

सिन्धुपाल्चोक - नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सिन्धुपाल्चोकले २६औं स्थापना दिवसको अवसरमा चौतारा टुडिखेलमा भव्य रक्तदान तथा रक्त समूह परीक्षण कार्यक्रम  गरेको छ।

कार्यक्रममा ६६ जनाले रक्तदान गरेका छन्, जसमा चौतारा कारागारका ९ जना कैदीबन्दीको समेत सहभागिता रहेको थियो। रक्तदानसँगै सहभागीहरूको रक्त समूह परीक्षण पनि गरिएको थियो।

स्थापना दिवसको अवसरमा समाजसेवामा सक्रिय ‘सहयोगी हातहरू’ संस्थालाई सम्मानपत्र प्रदान गरिएको छ। प्रमुख अतिथि नगर प्रमुख कृष्णप्रसाद सापकोटाले सामुदायिक सेवामा फोनिजको योगदान प्रशंसनीय रहेको बताएका छन्।

कार्यक्रम ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोडान) जिल्ला शाखा, चौतारा साँगाचोकगढी नगरपालिका र जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको सहआयोजनामा सम्पन्न भएको हो।

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  १९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update