आज साउनको अन्तिम सोमबार

काठमाडौं - साउन महिनाको अन्तिम सोमबार आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भिड लागेको छ । यस वर्षको साउनको अन्तिम सोमबार आज पशुपतिनाथसहित देशभरका शिवालयहरूमा दर्शनार्थी भक्तजनहरूको घुइँचो छ । यस वर्ष साउनमा ५ वटा सोमबार परेको थियो ।
साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले प्रत्येक वर्ष यस महिना शिवालयमा भक्तजनको घुइँचो हुने गर्छ । साउनको सोमबार व्रत बसेर महादेवको पूजा–आराधना गरे मनोकाङ्क्षा पूरा भई सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने विश्वास छ ।
साउनको पहिलो सोमबारदेखि नै व्रत बसी शिवको पूजा–आराधना गर्नेहरूले आज गोदान, पूर्ण पात्रलगायत धार्मिक कर्म गरी व्रत समापन गर्दछन् । साउनको अन्तिम सोमबार आज बिहानैदेखि सुन्दरी जलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउने भक्तजनको पनि भिड छ ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०८२ ०९:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय