जुम्लाबाट सुर्खेत हिँडेको फोर्स गाडी दुर्घटना, सात जना घाइते

जुम्ला - जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको खाँडाचक्र–१० गोलुवा भन्ने स्थानमा शुक्रबार बिहान दुर्घटना हुँदा सातजना यात्रु घाइते भएका हुन् ।
बा.१ झ ०९७६ नम्बरको फोर्स गाडी अनियन्त्रित भइ करिब एक सय मिटर तल खसेको हो । दुर्घटनामा पाँचजना गम्भीर र दुईजना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविन बाबु रेग्मीले जानकारी दिए ।
उनका अनुसार दुर्घटनास्थल कालिकोटमा भएकाले त्यहाँको प्रहरी कार्यालयबाट जानकारी प्राप्त भएको हो ।
अहिले कालिकोटबाट प्रहरीको टोली घटना स्थलतर्फ पठाइएको छ । घाइतेहरूको विस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२ १५:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय