Harsamaya
तेक्वान्दो टोली आज थाइल्यान्ड जाँदै

काठमाडौं - आठौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली आज थाइल्यान्डको पटाया जाँदै छ ।

अगष्ट ९ र १० तारिखमा हुने प्रतियोगिताको पुरुष यु–९ एकल पुम्सेमा विशेषचन्द्र गमी, ४५ केजीमुनि लवयोग सुनुवार, २७ केजीमुनि सन्देश लामिछाने र ४१ केजीमुनि अर्पण कुमालले प्रतिस्पर्धा गर्ने छन् ।

प्रशिक्षकमा सरोज तामाङ र गौरव रजक तथा निर्णायकमा राजेन्द्र डंगोल र मुना खवास रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update