Harsamaya
सेयर बजारमा ४१ अंकको गिरावट
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा ४१ अंकको गिरावट आएको छ ।

आज नेप्से परिसुचक ४१.७८ अंकले घटेर २८३३.५७ बिन्दुमा झरेर रोकिएको छ । केही दिन अघि सम्म तीन हजार बिन्दु नाघेको नेप्से पछिल्ला केहि दिनयता निरन्तर ओरालो यात्रामा छ ।

यस दिन कुल ३२५ स्टकको ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार ४८१ रुपैयाँ बराबरको २ करोड २२ लाख ७ हजार १४२ कित्ता सेयर कारोबार भएको छ । सोमबार १० अर्ब ८२ करोड २४ लाख रुपैयाँको २ करोड ७१ लाख ६९ हजार कित्ता सेयर कारोबार भएको थियो ।

आज सेन्सेटिभ इन्डेक्स ६.५१ अंकले घटेको छ । फ्लोट इण्डेक्स २.७७ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने २.२६ अंकले घटेको छ ।

यसदिन समाज लघुवित्त र उन्नी सहकार्य लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । समाज लघुवित्तको सेयर प्रतिकित्ता १० प्रतिशतले बढेर २७४८.२० रुपैियाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १० प्रतिशतले बढेर २४९३.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यसदिन थ्रिस्टार लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता ९७.८५ रुपैयाँले घटेर ८८१.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ । ट्रेड टावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७५.९३ रुपैयाँले घटेर ९५७.२७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यसदिन हिमालयन रिइन्स्योरेन्स लिमिटेड, ट्रेड टावर, सिवम् सिमेन्ट र नाग्दी ग्रुप पावर लिमिटेडर बुटवल पावर कम्पनीको सेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update