Harsamaya
बागमती नदीमा बेपत्ता युवकको शव फेला
सांकेतिक तस्वीर: हर समय/Har Samaya

रौतहट - रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथर स्थित बागमती नदीमा बेपत्ता भएका भारतीय युवकको शव फेला परेको छ । गुजरा नगरपालिका–७ पल्टुवास्थित बागमती नदीको नहरमा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

मादक पदार्थ सेवन गरेर बागमती नदीको झोलंगे पुल नजिक नुहाउने क्रममा भारत बिहार खगडिया पछौराका ३० वर्षीय रोहित कुमार सिंह बेपत्ता भएको खबर पाएपछि प्रहरीले खोजी थालेको थियो ।

शनिबार दिउँसो ३ बजेको समयमा नुहाउन गएका सिंहलाई पानीको भेलले बगाएको हो । सशस्त्र प्रहरी बल नेपाल ११ नं. गण रौतहट र इप्रका चन्द्रनिगाहपुरको संयुक्त टोलीले खोज्दै जाँदा आइतबार बेपता भएको स्थानबाट करिब १५ किलोमिटर पश्चिममा युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यलय रौतहटले जानकारी दिएको छ ।

भारतीय युवकको शवलाई बाहिर निकालेर पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर स्थित सरकारी अस्पतालमा पुर्याएको र पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइने रौतहट प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update