Harsamaya
दुई वटा संसदीय समितको बैठक बस्दै,यस्तो छन् कार्यसूची
संघीयसंसद सचिवालय ।

काठमाडौं - आज संघीय संसद अन्तर्गत विभिन्न दुई वटा संसदीय समितिको बैठक बस्दै छ । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र  सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको  बैठक बस्दै छ । बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने विधायन समितिको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ ।

साथै समितिमा भूमिहीन सुकुम्बासी, भूमिहीन दलितसँग सम्बन्धित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र वन तथा वातावरण मन्त्रालयसँग रहेका सम्बन्धित सम्पूर्ण विवरण तथा हालसम्म वितरण गरिएका जग्गाको तथ्याङ्क र अब उपलब्ध गराइने जग्गाको योजना सम्बन्धमा छलफल गरिने छ ।

त्यसै गरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा पुरातत्त्व विभागसँग ग्यालरी बैठकको पुरातात्त्विक सम्पदाको संरक्षणका बारेमा छलफल हुनेछ ।

महालक्ष्मी स्थान मन्दिर परिसरमा निर्माण भएको व्यायामशाला र स्वयम्भूको जग्गा व्यक्तिको नाममा नामसारी भएको भन्ने विषयमा छलफल, सहरी विकास तथा भवन निर्माण विभागसँग ग्यालरी बैठक पुनर्निर्माणको अवस्था र निर्माणाधीन संसद् भवनको पछिल्लो अवस्थाबारे छलफल गर्ने कार्यसूची राखिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  ०८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update