Harsamaya
एमाले सिद्धान्तबाट च्यूत भइसकेको पुष्टि भयो : भीम रावल

काठमाडौं - नेता भीम रावलले एमालेलाई सही ठाउँमा ल्याउन खोज्दा ‘तानाशाही शक्ति’लगाएर आफूलाई निकालेको आरोप लगाएका छन् । 

बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले सिद्धान्तबाट च्यूत भएर विधि, प्रणाली, सिद्धान्तमा नरहेको र सिद्धान्त ल्याउन खोज्दा आफूलाई निकालेको टिप्पणी गरेका हुन् । 

उनले भने, ‘मैंले विद्रोह गरेको होइन, सिद्धान्तबाट च्यूत भएर उनीहरुले नै विद्रोह  गरेका हुन् । मैंले ठिक ठाँउमा आउ भनेकाले निरङकुश र तानाशाही शक्ति लगाएर निकालियो । मैंले जुन विधि, प्रणाली, सिद्धान्तमा पार्टी हिडेनन् भनेको थिए । त्यसको पुष्टि भएको छ ।’

उनले नेपालका सबै राजनीतक दलहरु राष्ट्रिय हित र मर्यादामा नरहेकाले सबै पार्टीभित्र भाडभैंलो भएको बताए । 
‘म टिप्पणी गर्दिन । तर नेपालका सबै राजनीतिक दलहरु राष्ट्रिय हित र मर्यादामा छैनन् । पार्टीहरुले घोषित नीति, विधि केही पनि नमानेकाले यत्रतत्र सर्वत्र भाडभैलो त्यसकै कारण भएको हो,’उनले भने ।
 

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update