सुन तोलामा ५ सय रुपैयाँले घट्यो

काठमाडौं - नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले घटेको हो ।
छापावाल सुन आज तोलाको १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज तोलामा ३५ रुपैयाँले घटेर २ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी २ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२ ११:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय