
काठमाडौं - साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से परिसुचक ३१.५० अंकले घटेको छ । यससँगै कारोबार रकममा समेत गिरावट आएको छ ।
नेप्सेमा आएको गिरावट सँगै आज परिसुचक २९२२.६३ बिन्दुमा झरेको छ । बुधबार नेप्से २९५४.१४ बिन्दुमा रोकिएको थियो ।
यस दिन कुल ३१८ स्टकको १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार ९९४ रुपैयाँको ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता शेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४०८ रुपैयाँको ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता शेयर कारोबार भएको थियो ।
आज सेन्सेटिभ इन्डेक्स ६.७१ अंकले घटेको छ । फ्लोट इण्डेक्स २.०७ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने २.३६ अंकले घटेको छ ।
यसदिन पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै ९४.८० रुपैयाँले बढेर १०४३.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्य ७१.६१ रुपैयाँले बढेर ७८८.१९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । कर्पोरेट विकास बैंकको शेयर मूल्य २०२.३३ रुपैयाँले बढेर २२३०.९४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी ग्रिन डेभ्लप्मेन्ट बैंकको शेयर मूल्य पनि प्रतिकित्ता १२३.७२ रुपैयाँले बढेर १३७१.३४ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन भुगोल इनर्जी विकास कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ । यस कमपनीको शेयर मूल्य ७.१० प्रतिशतले घटेर ७९३.३० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
माइखोला हाइड्रो पवारको शेयर मूल्य ५.७० प्रतिशतले घटेर ८९१.२५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी सुपर सोलु हाइड्रो शेयर मूल्य प्रतिकित्ता ४.९४ प्रतिशतले घटेर ४९५.०२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन हिमालयन डिस्टिलरी लिमिटेड, हिमालयन रिइन्स्योरेन्स लिमिटेड, नेपाल रिइन्स्योरेन्स, सिवम् सिमेन्ट र लुम्बीनी विकास बैंकको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।