Harsamaya
सुनचाँदीको मूल्य बढ्यो
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौं - नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुन तोलामा एक हजार ४०० रुपैयाँले बढेको हो  । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९३ हजार रुपैयाँ कायम भएको छापावाल सुन बुधबार बढेर तोलामा १ लाख ९४ हजार ४०० रुपैयाँ पुगेको हो । 

यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा २ हजार ३०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार ३१० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update