Harsamaya
नेप्से परिसूचक फेरि तीन हजार बिन्दुमाथि पुग्यो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - आज सेयर कारोबार सुरु भएको ५ मिनेटमै नेप्से परिसूचक तीन हजार बिन्दुभन्दा माथि उक्लेको छ । यसअघि आइतबार पनि नेप्से परिसूचक ३०१३.१७ बिन्दुमा पुगेर ओरालो लागेको थियो ।

यस दिन साढे १२ बजे सम्म नेप्से परिसूचक ४३.६६ अंकले बढेर ३०१४.९७ मा पुगेको छ । यस अवधिसम्म ७ अर्ब ६४ करोड ७७ लाख ७३ हजार ५६२ रुपैयाँ बराबरको १ करोड ७२ लाख ९४ हजार ५९९ कित्ता सेयर कारोबार भइसकेको छ । त्यसैगरी मुक्तीनाथ कृषि कम्पनी, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी र नाडेप लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यसअघि गतवर्ष साउनमा तीन हजार बिन्दुमा पुगेको नेप्से त्यसपछि भने बढ्न सकेको थिएन । तर, चालु आवको मौद्रिक निती सावर्जनिक भएपछि सकारात्मक देखिएको सेयर बजार उत्साहजनक रुपमा अघि बढीरहेको छ । 


 

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update